विद्यालय शिक्षा ऐनको माग गर्दै नेविसंघको विरोध प्रदर्शन



काठमाडौं, असार ३० । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

काठमाडौं भक्तपुर सडकखण्डमा टायर बालेर नेविसंघले प्रदर्शन गरेको हो ।

उनीहरुले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, विद्यार्थीको प्रतिनिधित्व बिना सिनेट बैठक मान्य नहुने र शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग गरेका छन् ।

टायर बालेर सडकअवरुद्ध गर्न खोज्ने कोटेश्वर बहुमुखी क्याम्पसका स्ववियू अध्यक्ष संञ्जय बुढाथोकीसहित ४ जनालाई पक्राउ पनि गरेको छ ।

प्रकाशित मिति: २०८२ असार ३०, सोमवार १०:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको