जनकपुरधाम, असार ३० । अगामी आर्थिक वर्षको बजेटमा बिचौलिया हावी भएको भन्दै सदन मधेश प्रदेशसभा अवरुद्ध गर्दै आएका प्रतिपक्षीदलहरु मधेश प्रदेशसभा को आजको बैठक बहिस्कार गरेको छ ।
बैठकशुरु हुन साथ प्रमुख प्रतिपक्षीदलका नेता पूर्वमुख्यमन्त्री सरोज कुमार यादवले सदनमा बोल्दै सदनलाई छलेर ल्याएको बजेटमा साक्षी बस्न नसक्ने भन्दै प्रदेशसभा बहिस्कार गरेको जनाएका छन ।
उनले आफुहरुले कार्यदल बनाउन मांग गर्दा समेत बहुमतको आडमा सत्तापक्षले अटेरी गरेको आरोप लगाउदै प्रतिपक्षीदलहरु सदन अवरोध गर्ने जनाएका थिए ।
नेता यादवले प्रदेशसभा सदस्यहरुलाई उपलब्ध गराएको रेडबुकमा ४६१ पेज मात्र रहेको तर सरकारले ७५५ पेजको बजेट लगाएको भन्दै सदनलाई छल्न प्रयोग भएको २९४ पेजमा करिब तीन अरब बराबारको ८ सय योजनामा चलखेल भएको आरोप लगाएको छ ।
उनले अर्थमन्त्रीको राजिनामा नआए सम्म बजेटको छलफलमा भाग लिन नसक्ने भन्दै सदन बहिस्कारको जानकारी गराएका हुन ।
यादवको सम्बोधन सकिए लगतै प्रतिपक्षीदलहरु सदन बहिस्कार गरेका छन ।
प्रतिपक्षीको बहिस्कार पछि पनि सदन सुचारु रहेको छ । अर्थमन्त्री सुनिल यादवको आर्थिक विनियोजन विधेयकमाथि सत्तापक्षका सांसदहरुले बोल्ने क्रम जारी रहेको छ ।




