त्रिविको सर्भर डाउन



काठमाडौं, असार ३० । त्रिभुवन विश्वविद्यालय त्रिविको सर्भर डाउन भएको छ । आज बिहान सम्म पनि त्रिवि, त्रिवि सेवा आयोग, परीक्षा नियन्त्रण कार्यालय लगायतका वेबसाइट खुलेका छैनन् ।

वेबसाइट नखुल्दा अनलाइन फारम भर्नुपर्ने काम नहुँदा समस्यामा परेको सेवाग्राहीले बताएका छन् । त्रिविको सर्भर डाउन भएपछि त्रिवि सेवा आयोगले खुलाएको विज्ञापनमा आवेदन दिन नपाएको उनीहरुको भनाइ छ ।

त्रिविले २१ जेठमा ५०० बढी प्राध्यापक र उपप्राध्यापक पदहरुमा विज्ञापन खुलाएको थियो । ती विज्ञापनमा आवेदन दिने म्याद साउन पहिलो सातासम्म छ ।

एक सेवाग्राहीले भने, ‘विज्ञापनमा अनलाइन आवेदन फारम भर्नुपर्ने भनिएको छ । तर वेबसाइट नै नखुलेकाले भर्न पाइएको छैन ।’

प्रकाशित मिति: २०८२ असार ३०, सोमवार ०९:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको