काठमाडौं महानगर सभाबाट दुई विधेयक पारित



काठमाडौं, असार ३२ । काठमाडौं महानगरपालिकाको १७औँ नगरसभा  ( काठमाडौं महानगर सभाबाट )अधिवेशनको दोस्रो बैठकले दुई वटा महत्वपूर्ण विधेयक पारित गरेको छ। बुधबार सम्पन्न उक्त बैठकले ‘काठमाडौं महानगरपालिका राजस्व विधेयक २०८२’ र ‘सम्पदा मैत्री भवन संरक्षण तथा निर्माण मापदण्ड सहुलियत विधेयक २०८२’ पारित गरेको हो।

नगर प्रमुख बालेन शाहका अनुसार, यी विधेयकहरू नगरसभा सञ्चालन सम्बन्धी कार्यविधि ऐन २०७५ को दफा १६ बमोजिम स्वीकृत गरिएका हुन्। यी विधेयकहरू राजस्व संकलन प्रणालीलाई थप व्यवस्थित बनाउन र सांस्कृतिक सम्पदाको संरक्षण तथा वातावरणमैत्री भवन निर्माणलाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएका छन्।

काठमाडौं महानगर सभाबाट नगरप्रमुख शाहले बैठकमा नगरसभामा प्रस्तुत भएका ९ वटा कार्यसूचीमध्ये ६ वटा कार्यसूचिमा परिमार्जन सहित प्रस्ताव पारित भएको जानकारी दिए। पारित कार्यसूचीहरूमा क्रमशः कार्यसूची नम्बर १, २, ३, ४, ८ र ९ रहेका छन्।

यसैगरी, कार्यसूची नम्बर ५, ६ र ७ पेश मात्र गरिएको र तीमाथि छलफल तथा निर्णय आगामी बैठकमा गरिने नगर प्रमुखले उल्लेख गरे।

राजस्व विधेयकले काठमाडौं महानगरमा कर प्रणाली, महसुल दर, जरिवाना र शुल्क व्यवस्थापनलाई स्पष्ट र कानुनी दायारामा ल्याउने प्रयास गरेको छ। यसले आमनागरिकसँगको सेवा प्रभावकारिता बढाउने र स्थानीय सरकारको आर्थिक आधार सुदृढ बनाउने विश्वास गरिएको छ।

त्यस्तै, सम्पदा मैत्री भवन संरक्षण विधेयकले विशेषगरी काठमाडौं उपत्यकामा रहेका पुराना र ऐतिहासिक सम्पदाहरूलाई सुरक्षित राख्दै नयाँ भवन निर्माणमा स्थानीय शैली र पारम्परिक मापदण्डलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरेको छ। साथै, सम्पदा क्षेत्रमा निर्माण हुने संरचनाहरूमा छुट र सहुलियत दिने प्रावधानसमेत समेटिएको छ।

बैठकमा नगर कार्यपालिका, वडाध्यक्ष, सदस्य, कर्मचारी, विज्ञ तथा विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिति थियो। सभामा सहभागी जनप्रतिनिधिहरूले प्रस्तुत विधेयक र प्रस्तावहरूप्रति समर्थन जनाउँदै कार्यान्वयनमा विशेष ध्यान दिन आग्रह गरे।

प्रकाशित मिति: २०८२ असार ३२, बुधवार २०:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको