काठमाडौं, साउन १ । यस वर्ष राजस्व संकलन १ खर्ब २० अर्ब रुपैयाँले वृद्धि भएको छ ।
अर्थ मन्त्रालयका अनुसार गतवर्ष भन्दा यस वर्ष १ खर्ब २० अर्ब रुपैयाँले राजस्व संकलन वृद्धि भएको हो । गतवर्षको तुलनामा यो वृद्धि ११.३३ प्रतिशतले धेरै हो ।
गतआर्थिक वर्ष (आव) २०८१/०८२ मा११खर्ब ७८ अर्ब ८२ करोडरुपैयाँ राजस्व संकलन भएको छ । त्यसअघिआव२०८०/०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँराजस्व संकलनभएको थियो ।
सरकारले आव२०८१/०८२ मा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको भए पनि वार्षिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्ब रुपैयाँको लक्ष्य तय गरिएको थियो । संशोधितलक्ष्यअनुसार ९१.६० प्रतिशत राजस्व संकलनभएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले विपद, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरु हुँदाहुँदै पनिअघिल्लो आवको तुलनामा उत्साहजनक रुपमा राजस्व संकलन भएको बताए । उनले भने,‘तयारी सुरु गरिसकेका छौं । चालू आवमाराजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी अघिबढ्नेछौं ।’
चालूआवमा१३ खर्ब १५ अर्ब रुपैयाँराजस्व संकलनको लक्ष्य छ । आव२०७१/०७२ मा ४ खर्ब ५ अर्ब, २०७२/०७३ मा ४ खर्ब ८१ अर्ब, २०७३/०७४ मा ६ खर्ब ९ अर्ब, २०७४/०७५ मा७खर्ब २६ अर्ब, २०७५/०७६ मा ८ खर्ब २९ अर्ब रुपैयाा राजस्व संकलनभएको थियो ।
त्यसैगरी २०७६/०७७मा७खर्ब ९३ अर्ब, २०७७/०७८ मा ९ खर्ब ३५ अर्ब, २०७८/०७९ मा १० खर्ब ६६ अर्ब, २०७९/०८० मा ९ खर्ब ५७ अर्ब र२०८०/०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ संकलनभएको थियो ।




