सनातन परम्परामा साउने संक्रान्ति र लुतो फाल्ने चलन



पण्डित वरदान थपलिया

हरेक महिनाको सङ्क्रान्ति जस्तै साउने संक्रान्ति को विशेष महत्व छ । हामीले के बुझ्नुपर्छ भने कालक्रमको गणनादुई तरिकाले गरिन्छ । एउटा सूर्यर अर्को चन्द्रमाको गति अनुसार गणना हुन्छ । सङ्क्रान्ति भन्ने वितिकै सूर्यले एक राशिबाट अर्को राशिमा परिवर्तन हुनेदिन नै सङ्क्रान्ति हो । हामीले भन्ने गरेको साउने संक्रान्ति मा सूर्यमिथुन राशिबाट कर्कट राशिमाप्रवेश गर्ने दिनहो । मिथुनबाट कर्कटमा प्रवेश गर्दा साउने सङ्क्रान्ति हुन्छ । साउनमहिनाचन्द्रमाको नक्षत्रको गति अनुसार पनिनामाकरण गरिएको हो ।

जुन महिनामा पूर्णिमा श्रवण नक्षत्र हुन्छ त्यो श्रावण महिना हो । श्रावण महिनाको महत्वको व्याख्याएका तर्फबाट मात्र गर्न सकिदैन । यसको धार्मिक महत्वपनि छ, सांस्कृतिक महत्व पनि छ, प्राकृतिक महत्व पनि छ, ज्योतिषिय हिसावले पनि महत्व छ ।

जोतिषिय हिसावले व्यख्या गर्दा सूर्य मिथुन राशिबाट कर्कटमा प्रवेश हुन्छ । त्यो दिनबाट सूर्यको गति दक्षिणायन हुन्छ । दक्षिणायन आरम्भ हुने दिन देवताहरुको दिन सकिएर रात सुरु हुन्छ । श्रावण १ गतेबाट देवताहरुको रातको समय सुरु हुन्छ । यो ६ महिना रहन्छ ।

त्यसपछि माघ महिनाको मकर सङ्क्रान्तिको विशेष महत्व आउने गर्छ । माघबाट सूर्य उत्तरायण हुन्छन् । प्राकृतिक रुपमा हेर्दा श्रावण महिना वर्षा ऋतु हो, वर्षाका कारण पूरैप्रकृति नै हराभरा बनाउने काम श्रावण महिनाले गर्दछ । अन्न उब्जिने देखि प्रकृतिको प्राण भरिदिने काम पनि श्रावण महिनाले गर्दछ । यस्तै सांस्कृतिक महत्व पनि उस्तै रहन्छ

लुतो फाल्ने चलन

सनातनी परम्परा अनुसार साउने संक्रान्तिमा लुतो फाल्ने चलन छ । त्यसैले यो महिनालाई शारीरिक रुपमा पनि हेर्न सकिन्छ । लुतो फाल्ने चलन सनातन संस्कृतिमा धेरै महत्व छ । त्यसमा पनि नेपालीहरुको विशेष मौलिक परम्परा नै हो । नेपाल कृषि प्रधानदेश हो । कृषिमाआधारित जीवन पद्धती छ । कृषिकर्म गर्दा धुलो, मैलो, हिलो, फोहोर सबै हुन्छ । त्यसले गर्दा हामीमा विभिन्न प्रकारका रोगहरु उत्पन्न हुन्छन् । रोगहरुलाई हाम्रो शास्त्रले पाप भनेको छ । त्यसकारणले गर्दा फोहोरले गर्दा उत्पन्न हुने जति पनि रोगहरु छन्त्यसको निराकरण गर्नको लागि साउने संक्रान्तिको दिनलुतो फाल्ने परम्परा छ । यो चर्म रोगसँग सम्बन्धितछ ।

यस दिन सबै प्रकारका वनस्पतिहरुलाई जम्मा गरिन्छ । र बेलुकी पख मठको अगाडि एउटा मण्डप जस्तो बनाएर पूजा रिन्छ । त्यसक्रममाअग्नि देवताको पूरा गर्ने चलन छ ।अग्नि देवताका रुपमा अगुल्टोको प्रयोग गरिन्छ ।अगुल्टोको पूजा गरेर शरीरमाभएका सबै रोग, दाग, लुतोभागोस भनेर शरीरतिर घुमाएर फाल्नचलन छ ।

लुतो फाल्ने परम्परा नेपालकाविभिन्न भेगमा फरक फरक तौर तरिकाहरु छन् ।प्रत्येक १० मिनेटको अन्तरमाभाषावा भेषभुषामा परिवर्तन गर्ने गरिन्छ ।जिल्लावाक्षेत्रमाफरक परम्परा छ । तर लुतो फाल्ने भन्ने संस्कृतिचाहीं देशभरनै समान छ । प्रक्रिया र विधिमात्र ठाँउ अनुसार फरक हुन्छ । अरु परम्परापनि ठाँउ अनुसारको फरक नै हुन्छ ।

लुतो भन्ने शब्दनै वास्तवमा नेवारी भाषासँग सम्बन्धित छ । यसमानेवारी परम्परा पक्कैपनि जोडिएको हुनुपर्छ । हिन्दु धर्म मान्नेसबैसँग सम्बन्धितछ । यदि यो परम्परा हराएको भएपनि सुरु गर्नुपर्छ । हाम्रो शरीरमाभएको रोग हटाउनका लागिभएपनिमनाउनैपर्छ ।

मानव जाति प्रकृतिभन्दा भिन्नहुन वा अलग रहन सक्दैन् । हामीप्रकृतिसँगै रम्न चाहन्छौँ । किनभने प्रकृतिबाटै सबैकुरा उत्पन्न हुन्छ । त्यसैले श्रावनमहिनाबर्षा ऋतु हो । यस ऋतुमा पुरै हरियाली हुन्छ । प्रकृतिसँगतालमेल मिलाउनपनि यो आवश्यक छ । याप्रकृतिसँग अनुकरण गरिएको छ ।
किनभने सबै रंगको आफ्नो आफनै महत्वछ । हरियो भन्ने वित्तिकै सबै हराभरा, मनै आनन्दितबनाउने बनाउने रगं हो । पहेँलेकोपनितालमेल हरियोसँग मिल्न जान्छ । बिज हरियो रगंको हुन्छ फलपहेँले रगंको हुन्छ । त्यसैले सृष्टिदेखि अन्त्यसम्मको जुन संयोगहो त्यसमा हरियो र पहेंलोलाई जीवनदर्शनसम्म जोड्न सकिन्छ ।

श्रावणको सोमबारको विशेष महत्व छ । सोमबारका दिनतीनवटा पातभएको वेल पत्र र दुधले मात्रै अपर्ण गर्दा पनिमनकामनापूरा हुन्छ भनिन्छ । हुनतसबै सोमबारको उत्तिकै महत्व छ । तर पनिश्रावणको सोमबार वाश्रावण शिवजीको महिनाभएकाले पनि यो विशेष मानिन्छ । विशेषगरि महिलाहरु ब्रतको लागिआकर्षित हुन्छन् । धर्मकर्मप्रति पुरुषहरुले अलिबेवास्ता गरेको हो कि जस्तो लाग्ने कुरा वास्तवमागलत छ । पुरुषको लागिपनिश्रावणकोव्रतअनिवार्य छ । (भागवतवाचक पं वरदानथपलियासँग गरिएको कुराकानीमा आधारित)

 

प्रकाशित मिति: २०८२ श्रावण १, बिहिवार ०८:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको