तीनवटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची



काठमाडौं, साउन १ । संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिको बैठक बस्दैछन् ।

बिहीबार कानून, न्याय तथा मानवअधिकार समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

कानून, न्याय तथा मानवअधिकार समिति को बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक–२०८१ को सम्बन्धमा दफावार छलफल हुने कार्यसूची छ ।

यस्तै,सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति को बैठक बिहान सवा ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्याहरु सम्बन्धी अध्ययन प्रतिवेदन– २०८२ माथि छलफल गर्ने कार्यसूची छ ।
त्यस्तै,विधायन व्यवस्थापन समिति को बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा जलस्रोत विधेयक– २०८१ मा सैद्धान्तिक छलफल हुने छ ।

प्रकाशित मिति: २०८२ श्रावण १, बिहिवार ०८:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको