आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं, साउन ४। नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको हो ।

यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार तीन सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार पचाँस रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । यससँगै शुक्रबार तोलामा २२ सय ८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार २२ सय ८५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: २०८२ श्रावण ४, आइतवार ११:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको