सर्लाही, साउन ४ । कालिका बहुप्राविधिक शिक्षालयले सर्लाही जिल्लाको विकट मानिने हरिपूर्वाको शैक्षिक माहौल परिवर्तन गरेको छ ।
महोत्तरी र सर्लाहीको सीमामा अवस्थित हरिपूर्वामा कालिका बहुप्राविधिक शिक्षालयको स्थापनाले त्यहाको शैक्षिक माहौलमा व्यापक परिवर्तन ल्याएको स्थानीयवासीहरु बताउछन ।
गाँउको विद्यालयमा गाँउकै बच्चा मात्र नभई अन्य जिल्लाहरु बाट पनि विद्यार्थीहरु आउनु गाँउका बच्चाहरुमा शिक्षा प्रतिको जागरुकतामा वृद्धि भएको स्थानीय उमाकन्त यादव बताउछन । उनले भने , पहिले तँ गाँउको स्कुलमा गाँउकै बच्चाहरु पढ्थ्यो , यो शिक्षालयको स्थापना पछि अन्य जिल्लाका विद्यार्थीहरु पनि आउन थालेका छन । उनिहरुको आगमनले गाँउका बच्चाहरुमा शिक्षा प्रतिको जागरुकता अझै बढेको छ ।
२०८० असोज २३ गते सिटिईभिटीबाट मान्यता प्राप्त गरि डिप्लोमा कोर्स ( एचए, फार्मेसी र पशु विज्ञान) मा अध्यापन शुरु गरेको कालिका बहुप्राविधिक शिक्षालयले विगत दुई शैक्षिक सत्रमा १९३ जना विद्यार्थीहरुलाई अध्यापन गराई रहेका छन ।
महोत्तरी र सर्लाहीको मात्र नभई १० जिल्लाका विद्यार्थीहरु अध्ययन गरि रहेको शिक्षालयका प्रमुख सुरेन्द्र यादव बताउछन । उनले सामुदायिक शिक्षालयले आर्थिक आभावका कारण पढन नचाहने यस भेगका विद्यार्थीहरुलाई समेत अभिप्रेरित गरि रहेको बताए ।
उनले भने , सिटिईभिटीले हामीलाई तीनवटै कोर्षमा ४०/४० जना गरि १२० विद्यार्थीको कोटा उपलब्ध गराएपनि हामी संग कोटा भन्दा कम अर्थात दुई शैक्षिक सत्रमा १९३ जना विद्यार्थीमात्र भर्ना भएको छ । यो शिक्षालय कमाईको दृष्टिकोणले मात्र नभई हामी सेवाको भावले समेत स्थापना गरेका छौ ।
शिक्षालयमा अध्ययनरत फार्मेसी दोस्रो वर्षका छात्रा ताप्लेजुङ्गका लाभामा लिम्बु भन्छिन ,‘यो शिक्षालयले हामीलाई पढने वातावरण दिएको छ । सिटिइभिटीले निर्धारण गरेको शुल्क भन्दामा कममा हामी अध्ययन गरि रहेका छौ । जुन हामी जस्तो गरिव विद्यार्थीका लागि बरदान सावित भएको छ।
अर्का विद्यार्थी महोत्तरीका सुनिल यादव आफनै गाउ ठाँउमा प्राविधिक शिक्षा हासिल गर्न पाउनु कुनै बरदान भन्दा कम नरहेको बताउछन । उनि भन्छन , बाहिर गएर पढन पाउथ्यौ की पाइदैनथ्यौ त्यो थाहा भएन तर अहिले हामीलाई सहज भएको छ।
गाँउमा शिक्षालयको स्थापना भएपनि गाँउको शैक्षिक वातावरणका साथै आर्थिक गतिविधि समेत बढाएको छ । बाहिरबाट आएका विद्यार्थीहरुले लिने आवास भाडा लगायतले यहाँको आर्थिक गतिविधिमा समेत बढोत्तरी भएको उनिहरुको कथन छ ।







