आयुषका परिवारले तीन लाख मात्र दिएको छ : डा. राउत



जनकपुरधाम, साउन ६ । आफू संग ४० लाख लिएको आरोप लगाएका आयुषका परिवारले न्युरो अस्प्तालमा मात्र तीन लाख विस हजार रुपैयाँ बुझाएको न्युरो अस्पतालका सञ्चालक डा. विजय राउतले बताएका छन् । दुर्घटनामा गम्भीर घाइते भएर न्युरो अस्पताल जनकपुरधाममा भर्ना भएका आयुषका परिवारले तीन लाख २० हजार नगद र ५ लाख ९२ हजारको चेक अस्पताललाई दिएको तर अहिले सम्म चेक यथावत रहेको डा. राउतले दावी गरेका छन् ।

गम्भीर घाइते भएर अस्पतालमा आएका आयुषको उपचारमा हामीले कुनै कसर बाँकी नराखेको बताउँदै डा. राउतले आफूहरुले ९० प्रतिशत सफल शल्यक्रिया गर्ने गरेको दावी गरे । उनले भने–‘आफूहरु भगवान होइन तर, घाइते भएर आएकाहरुको सफल शल्यक्रिया गर्ने आफूहरुको दायित्व हुन्छ, हामीहरुले १० जनामा ९ जनाको ज्यान बचाउने गरेका छौं ।’

जनकपुरधाममा न्युरो अस्पतालले गरेको पत्रकार सम्मेलनमा न्युरो अस्पतालका सञ्चालक डा. राउतले भने–‘यहाँ मान्छे ग्यारेन्टी खोज्छन्, तर आफूहरु ग्यारेन्टी कसरी दिने ?’ डा. राउतले आयुषका परिवारहरुले ग्यारेन्टी खोजेपछि आफूहरुले ट्रमा सेन्टर सजेस्ट गरेको बताउँदै जहाँ जाँदा उपचार प्रक्रिया यहि रहेको बताए । आयुषका परिवारले सार्वजनिक गरेको भीडियो वारे ट्रमा सेन्टरका चिकित्सकहरुले आफूहरुले उनीहरुलाई सम्झाएर पठाएको बताउँदै कसरी यस्तो गरिरहेका छन् भने बिषयमा आश्चर्य प्रकट गरेको डा. राउतले जानकारी दिए ।

पत्रकार सम्मेलनमा डा. राउतले चिकित्सा उपचारमा लग्ने खर्चको बारेमा पनि स्पष्ट पारेका छन् । उनले यहाँका अस्पतालहरु संग उपचार खर्च नदाज्न आग्रह गर्दै न्युरोको उपचार खर्च नेपालका अन्य न्युरो संग दाज्नकालागि आग्रह गरे ।

उनले आफूले समाज परिवर्तनकालागि धेरै प्रयास गरिरहेको बताउँदै पढेर मात्र नभई समाजमा जागरुकता र परिवर्तन ल्याउन तिर पनि लाग्न सवै संग आग्रह गरे ।

प्रकाशित मिति: २०८२ श्रावण ६, मंगलवार १९:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको