सीमावर्ती क्षेत्रमा एसएसबीले गोली चलाउदा एक भारतीय नागरिक घाइते



जनकपुरधाम, साउन ७ । नेपाल–भारत सीमावर्ती क्षेत्र महिनाथपुरमा भारतीय सशस्त्र सीमा बल एसएसबीले गोली चलाउदा एक भारतीय किसान घाइते भएका छन् ।

धनुषा जिल्लाको विदेह नगरपालिका–१ स्थित महिनाथपुर सीमा क्षेत्रमा गोली चलाइएको हो । बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको ग्रामपञ्चायत–६ मैनाथपुर क्षेत्रमा किसानहरूले खाद्य सामग्री ल्याउने क्रममा उत्पन्न विवादपछि भारतीय एसएसबीले चार राउण्ड गोली प्रहार गरेको पुष्टि भएको छ । गोली प्रहारमा भारतीय नागरिक ४५ वर्षीय भर्ता पासमान घाइते भएका छन् ।

स्थानीय व्यापारी लालमोहन पासमानसँगको विवादलाई नियन्त्रणमा लिन खोज्दा गोली प्रहार गरिएको र त्यस क्रममा भर्ता पासमानको दाहिने कम्मरमा दुई राउण्ड गोली लागेको भारतीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै नेपाली सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

घटनापछि नेपालतर्फ सशस्त्र प्रहरी बल मधेश प्रदेश अन्तर्गत छिन्नमस्ता वाहिनीका अनुसार महिनाथपुर सीमा क्षेत्र तत्कालका लागि बन्द गरिएको छ।

प्रकाशित मिति: २०८२ श्रावण ७, बुधवार १५:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको