सरकारी बजेटमा कांग्रेसको रजाइँ , नेता निधिलाई छल्दै प्रकाशमान



जनकपुरधाम, साउन ८ । सहरी विकास मन्त्रालयले जनकपुरधाममा आयोजना गरिएको एक कार्यक्रममा कांग्रेसी नेताको रजाइँ देखिएको छ । जनकपुरधामको मणिमण्डपमा निर्माण भएको विवाह भवन समुदघाटन समारोहका प्रमुख अतिथि मन्त्री प्रकाशमान सिंह थिए ।

तर, मन्त्रालय र सम्वन्धित कार्यालयले भने जनकपुरधामबासी र यहाँका जनप्रतिनिधिलाई अव्हेलना गरेका छन् । ती कार्यक्रममा पराजित नेताहरुलाई आमन्त्रित गरिए पनि त्यहि क्षेत्रवाट निर्वाचित प्रतिनिधिसभा सदस्यलाई भने बोलाइएको पनि थिएन् । नेपाली कांग्रेसका क्षेत्रिय सभापति, वडाअध्यक्ष देखि वडासदस्य सवैलाई बोलाइएको थियो तर, त्यसै निर्वाचन क्षेत्रवाट निर्वाचित पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठलाई आमन्त्रण गरिएको थिएन् ।

सहरी विकास कार्यालय जनकपुरधामका प्रमुख विनोद यादवले धनुषा निर्वाचन क्षेत्र नम्वर ४ वाट पराजित भएका नेपाली कांग्रेसका सह–महामन्त्री (मधेशी कोटा) महेन्द्र यादवलाई बोलाए तर, निर्वाचित प्रतिनिधिसभा सदस्य रघुवीर महासेठलाई आमन्त्रण गरिएको थिएन् ।

जनकपुरधाम स्थित ती विवाहमण्डपलाई अन्तर्राष्ट्रिय करण गरी जनकपुरधामलाई विवाह गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले निर्माण गरिएको ती भवनको परिकल्पनाकार मन्त्रालयका तत्कालीन सचिव रमेश सिंह र जनकपुरधाम उप–महानगरपालिकाका तत्कालिन मेयर लाल किशोर साहलाई समेत ती कार्यक्रममा बोलाइएन् ।

नेपाली कांग्रेसमय भएको सो कार्यक्रममा नेपाली कांग्रेसकै पूर्व उप–सभापति तथा पूर्व उप–प्रधान सहित गृहमन्त्री विमलेन्द्र निधिलाई पनि सो कार्यक्रममा बोलाइएन् । हुन त ती कार्यक्रममा सवैलाई बोलाएको कार्यालयले दावी गरे पनि ती कार्यक्रममा नत सो क्षेत्रका प्रतिनिधिसभा सदस्य रघुवीर महासेठ, गृहनगर रहेका नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि, तत्कालिन सचिव सिंह लगायतका व्यक्तिहरु सो कार्यक्रममा उपस्थित भएका थिएन् ।

सो कार्यक्रम नेपाली कांग्रेसका सह–महामन्त्री (मधेशी कोटा) महेन्द्र यादवकैलागि चुनावी तयारी स्वरुप आयोजना गरिएको जस्तै लागेको स्थानीयबासीहरुले गुनासो गरे ।
जनकपुरधाम उप–महानगरपालिका–१३ का विकरु राउतले भने–‘हामीले आफ्नो नेताको भाषण सुन्न आएको थिए, उहाँ आउनु भएको छैन् । हामी जान्छौं ।’

नेता निधिलाई छल्दै प्रकाशमान

नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा नेपाली कांग्रेसका पूर्व उप–सभापति विमलेन्द्र निधिको साथ खोजेका कांग्रेस नेता तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उनकै गृह नगरमा उनलाई छलेका छन् ।

जनकपुरधाममा वुधबार मणिमण्डप स्थित विवाह भवनको समुदघाटन कार्यक्रममा पुगेका मन्त्री सिंहले नेता निधिलाई भने खोजेका छैनन् । मन्त्रालयले आयोजना गरेको कार्यक्रममा पार्टी सह–महामन्त्री महेन्द्र यादव देखि वडा स्तरका नेता कार्यकर्ता उपस्थित भए पनि नेता निधिलाई भने खोजिएको छैन् ।

नेपाली कांग्रेसका उप–सभापति सम्म भई सकेका नेताको गृहनगरमा आएको र आगामी महाधिवेशनमा साथ खोजिए पनि नेता निधिको गृह नगरमा आयोजित कार्यक्रममा भने नेता निधिलाई नखोजे पछि नेता सिंह महेन्द्र र विमलेन्द्र दुवै संग आन्तरिक साटघाट राखेको स्पष्ट बुझिएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

नेपाली कांग्रेसका दुई आइडल नेता गणेशमान सिंह र महेन्द्र नारायण निधिका पुत्र प्रकाशमान र विमलेन्द्र दुवै प्रिय मित्रको रुपमा कांग्रेसीजनहरुले लिने गरेका छन् । तर, उनकै गृहनगरमा आएर उनलाई नै बाइपास गरेर प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमले नेता निधिलाई सिंह आन्तरिक रुपमा छल्न चाहेको स्पष्ट भएको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति: २०८२ श्रावण ८, बिहिवार ०९:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको