ओलीलाई विद्याको काउन्टर , मेरो सदस्यता कसैले खारेज गर्न सक्दैन् : भण्डारी



काठमाडौं, साउन ९ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई काउन्टर दिँदै मेरो सदस्यता कसैले खारेज गर्न नसक्ने चेतावनी दिएकी छन् । नेकपा एमालेको केन्द्रीय समितिको बैठकले पूर्व राष्ट्रपति भण्डारीको पार्टीको सदस्यता खारेज गर्ने निर्णय गरेको छ । संवैधानिक अधिकार र स्वतन्त्रतालाई संकुचन गरेर पार्टीमा गरिएका अपरिपक्व निर्णयले दुःखी तुल्याएको उनले बताएकी छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले मेरो सदस्यता कसैले खारेज गर्न नसक्ने चेतावनी दिँदै पार्टीको लोकतान्त्रिक मूल्य मान्यता समेतलाई नजर अन्दाज गरी राजनीतिमा संलग्न हुन पाउने स्वतन्त्रलाई नियन्त्रण गरिएको भन्दै यस्तो निर्णयले निराश बनाएको बताइन् ।

उनले भनिन्–‘पार्टीको लोकतान्त्रिक मूल्य मान्यता समेतलाई नजरअन्दाज गरी राजनीतिमा संलग्न हुन पाउने मेरो संवैधानिक अधिकार र स्वतन्त्रलाई संकुचन वा नियन्त्रण हुनेगरी गरिएका अपरिपक्क निर्णयले मलाई दुःखी तुल्याएको छ । यसप्रकारको निर्णयले पार्टीको सान र प्रतिष्ठालाई गिराउने छ ।’ आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थाइ रुपमा प्रभावित तुल्याउन सकिएताप नि वास्तविकतालाई छोप्न नसक्ने पनि उनको भनाई छ ।

उनले एमाले पार्टी निर्माणमा सक्रिय हुन सम्पूर्ण कार्यकर्ताहरुलाई आह्वान समेत गरेकी छन् । उनले जननेता मदन भण्डारीले अगाडि सारेको पार्टी निर्माण सम्बन्धि अवधारणाको निष्ठापूर्वक रक्षा गर्न देशभरका सम्पूर्ण एमाले पंक्ति एकजुट हुन आग्रह गरीन् ।

उनले भनिन्,‘ जननेता मदन भण्डारीले अगाडि सारेको पार्टी निर्माण सम्बन्धि अवधारणाको निष्ठापूर्वक रक्षा गर्न म देशभरका सम्पूर्ण एमाले पंक्तिमा अग्रह गर्दछु । मेरो संकल्प अन्तरआत्माको आवाज हो । आफ्नो निर्णयबाट म विचलीत हुने छैन् । म सम्पूर्ण पार्टी पंक्तीलाई निर्धक्क भएर पार्टी निर्माणमा सक्रिय हुन हार्दिक आह्वान समेत गर्छु ।’

उनले अहिले आफू पार्टी सदस्य भएको ४५ वर्ष वितिसकेको बताउँदै पार्टीप्रतिको आस्था, विचार, सिद्धान्त र नीतिहरुप्रति प्रतिवद्ध हुँदाहुँदै पार्टी सदस्यबाट बञ्चीत गर्न कदापी नमिल्ने धारणा राखिन् ।

उनले भनिन्,‘अहिले पार्टी सदस्य भएको ४५ वर्ष वितिसकेको छ । त्यसैले पार्टीप्रतिको आस्था, विचार, सिद्धान्त र नीतिहरुप्रति प्रतिवद्ध हुँदाहुँदै मलाई पार्टी सदस्यबाट बञ्चीत गर्न कदापी पनि मिल्दैन । यपार्टी बनाउन म लगायत हजारौं नेता कार्यकर्ताले रगत, पसिना मेहेनत परेको छ । यो कुरा म कुनै भावनामा डुबेर भनेको छैन् ।’

उनले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताइन् । उनले संविधानका विभिन्न धाराले कहींकतै दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने नभनेको भन्दै पार्टीको सदस्यताबाट बन्चित गर्नुपर्ने कुनै कारण नभएको बताइन् ।

उनले भनिन्, ‘संविधानका विभिन्न धारा मर्म र भावना कहिँकतै पनि म दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन् । यो छर्लङग भएको विषय हो । त्यसैले मलाई पार्टीको सदस्यताबाट बञ्चीत गर्नुपर्ने कुनै कुरा छैन् ।’

यस्तै, उनले राजनीति व्यक्ति भएकाले राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीति दलमा आवद्ध भइ देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै आश्चर्यको विषय नभएको पनि बताइकी छन् ।

उनले भनिन्, ‘वास्तवमा मेरो पार्टी सदस्यता नविकरण भइसकेकाले यसलाई विवादमा पर्नुपर्ने विषय नै होइन् । म एक राजनीति व्यक्ति भएकाले राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीति दलमा आवद्ध भइ देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै आश्चर्य मान्नुपर्ने विषय होइन् । यो कुनै पदमा महत्कांक्षी र आशा ममा छैन् । किनकी मैले आफ्नो नाम इतिहासमा लेखिसकेको छु । मेरो उद्देश्य पार्टीका सदस्य बन्ने र पार्टीलाई सवल र सुदृढ बनाउने र देश र जनताको सेवा गर्ने हो ।’

मूलुकको एक जिम्मेवार नागरिक भएको नाताले आफ्नाबारे उठेको चासो र सरोकारलाई थप स्पष्ट पार्नु दायित्व भएको पनि उनको भनाई छ ।

प्रकाशित मिति: २०८२ श्रावण ९, शुक्रवार १७:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको