विद्यालाई समर्थन गरेको भन्दै युवा संघ लुम्बिनी अध्यक्ष पदमुक्त



दाङ, साउन १० । पूर्व राष्ट्रपति विद्यालाई समर्थन गरेको भन्दै राष्ट्रिय युवा संघ नेपालले लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई एक वर्षका लागि सबै पद तथा जिम्मेवारीबाट पदमुक्त गरेको छ। संगठनको अनुशासन उल्लंघन गरेको आरोपसहित महासचिव महेश चौलागाईले खरेललाई निलम्बन गरिएको जानकारी दिएका छन्।

खरेलमाथि एमालेको पूर्वराष्ट्रपति विद्या भण्डारीलाई भावी अध्यक्ष बनाउनुपर्ने अभिव्यक्ति दिएको, र पोखरामा सम्पन्न महाधिवेशनमा अध्यक्ष मण्डलका सदस्यप्रति अभद्र व्यवहार गरेको आरोप लगाइएको थियो। यही आधारमा असार २५ गते उनलाई लिखित स्पष्टिकरण मागिएको थियो।

महासचिव चौलागाईले खरेललाई व्यक्तिगत रूपमा उपस्थित भएर जवाफ दिन निर्देशन दिए पनि उनले लिखित रूपमा जवाफ पेश गरेका थिए। खरेलले आफूविरुद्ध पूर्वाग्रही ढंगले कार्यवाही थालिएको दाबी गर्दै कसैप्रति अभद्र व्यवहार नगरेको बताएका थिए।

तर, महासचिव चौलागाईले खरेलको स्पष्टीकरण असन्तोषजनक भएको भन्दै उनलाई संगठनको विधानको धारा ४१ र ४२ ९क० तथा ९ख० को आधारमा एक वर्षकालागि पदमुक्त र निलम्बन गरिएको पत्र पठाएका छन्। निलम्बन पत्रमा साउन ९ गते बसेको पदाधिकारी बैठकको निर्णय अनुसार कारबाही गरिएको उल्लेख छ।

तर यस दावीमाथि आन्तरिक विवाद देखिएको छ। संघका एक पदाधिकारीले बैठक नै नबसेको दाबी गर्दै खरेललाई गरिएको निलम्बनलाई ूएकपक्षीय निर्णयू भनेका छन्। ूम काठमाडौंमै छु, बैठक भएको भए मलाई जानकारी हुने थियो,ू ती पदाधिकारीले भने, ूबैठक नभइकन निर्णय गर्नु लोकतान्त्रिक प्रक्रियाको उल्लंघन हो।ू

सुरज खरेलले पनि महासचिव चौलागाईको निर्णय अस्वीकृत गर्ने बताएका छन्। उनले नेपाल प्रेससँगको कुराकानीमा भने, ूसंगठनमा फरक विचार राख्नु अपराध होइन। मलाई गलत आरोप लगाएर निलम्बन गरिएको छ। यो स्विकार्य छैन। म संगठनका गतिविधि निरन्तर जारी राख्छु।ू

उनले यो कारबाही पछाडि आन्तरिक गुटगत राजनीति भएको आरोप लगाए। ूयो संगठनलाई सुदृढ बनाउने होइन, कमजोर पार्ने प्रयास हो,ू उनले भने।

युवा संघ नेपाल एमाले निकट युवाहरूको संगठन हो, जसले अनुशासन र विचारमा एकरूपता कायम गर्न विशेष जोड दिँदै आएको छ। तर पछिल्लो घटनाले संगठनभित्र आन्तरिक मतभेद र असहमतिको स्वरलाई दबाउन खोजिएको आलोचना भित्रबाटै उठ्न थालेको देखिन्छ।

खरेलको निलम्बनको घटनाले संगठनमा अनुशासनको सवालसँगै आन्तरिक लोकतन्त्र, गुटगत राजनीति र विचारको स्वतन्त्रताको प्रश्नलाई पुनः सतहमा ल्याएको छ।

प्रकाशित मिति: २०८२ श्रावण १०, शनिवार १४:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको