अब औपचारिक रुपमै लोडसेडिङ , चितवनबाट शुरु



जनकपुरधाम , साउन ११ । लामो समय पछि मुलुकमा सर्वसाधारणका लागि औपचारिक रुपमै लोडसेडिङ शुरु भएको छ । केही वर्ष यता लोडसेडिङबाट मुक्ति पाएका नेपाली जनतामाथि पुनः लोडसेडिङको मार पर्ने भएको छ ।

औपचारिक लोडसेडिङको शुरुवात चितवनबाट भएको छ । आजदेखि चितवनकाकेही क्षेत्रमा ६ घण्टा लोडसेडिङ सुरु भएको छ ।
पूर्वी चितवनमा दिनमा दुईपटक गरी ६ घण्टा लोड सेडिङ हुन थालेको हो ।

नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ ।

अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइग्राहकको लोड बढेकोले लोडसेडिङ्को तालिका सार्वजनिक गरेको जनाएको छ। ।

तालिकाअनुसार नारायणी–माडीफिडरहरू ः बिहान ६ः०० देखि ९ः०० र दिउँसो ३ः०० देखि ६ः०० बजेसम्म ,मेघौली–विजयनगर–शुक्रनगर फिडरहरू ः बिहान ९ः०० देखि १२ः०० र बेलुका ६ः०० देखि ९ः०० बजेसम्म र जगतपुर–रामपुर फिडरहरू ः दिउँसो १२ः०० देखि ३ः०० र बेलुका ९ः०० देखि १२ः०० बजेसम्म लोडसेडिङहुने छ ।

चितवनबाट औपचारिक लोडसेडिङको शुरुवात भएपनि यो क्रमशः देशैभरि फैलिने उर्जा जानकारहरुले बताएका छन ।

 

प्रकाशित मिति: २०८२ श्रावण ११, आइतवार ०९:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको