सुन्दरीजलको बाढीमा फसेका पाँच जनाको उद्धार



काठमाडौं, साउन १२ । काठमाडौँको गोकर्णेश्वरस्थित सुन्दरीजलको बाढीमा फसेका पाँच जनालाई नेपाली सेनाले सोमबार बिहान उद्धार गरेको छ।

आज बिहान काठमाडौँको गोकर्णेश्वर नगरपालिका(१ सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिर नजिक नुहाउने क्रममा चार जना भारतीय र एक नेपाली बाढीमा फसेका थिए।

नुहाउने क्रममा एक्कासी खोलाको बहाव बढ्दा उनीहरू नदीको बीचमै फसेका थिए । चारैतिरबाट बाढीले घेरेपछि उनीहरुले ठूलो ढुंगामा चढेर ज्यान जोगाएका थिए।

तिर्थालु नदीमा फसेको जानकारीपछि श्री चन्दननाथ गणबाट खटिएका सेनाका उद्धार टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा उनीहरुको सकुशल उद्धार गरेका हुन्।

प्रकाशित मिति: २०८२ श्रावण १२, सोमवार ०९:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको