जनकपुरधाम, साउन १२ । सुख्खा एवम् खडेरीवाट तत्काल राहतकालागि भूमिगत सिँचाई व्यवस्थापन सहयोग कार्यक्रम अन्तर्गत माग गरेको कागजातमा दुई विघा जमिनको कागजात पेश गर्न भनिएको छ । कृषि ज्ञान केन्द्र धनुषाले आज जारी गरेको सार्वजनिक सूचनामा २ विघाको कागजात पेश गर्न ७ दिने सूचना प्रकाशन गरेको छ ।
कृषि ज्ञान केन्द्र धनुषाले चालु आर्थिक बर्षको स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत सिँचाई व्यवस्थापन प्रवद्र्धन सहयोग कार्यक्रम र नगरपालिका/गाउँपालिका/ वडामा तोकिएको सिँचाई व्यवस्थापन सम्वन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले सो कार्यक्रम सञ्चालन गर्न ईच्छुक कृषकहरुलाई विभिन्न कागजात सहित निवेदन दिन भनिएको छ ।
कृषि ज्ञान केन्द्रले विस्तृत जानकारीकालागि आफ्नो वेवसाइटमा गएर जानकारी लिन समेत भनेको छ । कृषि ज्ञान केन्द्रको सूचनाको चौतर्फी विरोध भई रहेको छ । वेवसाइटमा गएर विस्तृत जानकारी लिन सक्ने मधेशका कृषक कतिको छ भनि सर्वसाधारणले प्रश्न समेत तेर्साई रहेका छन् ।
जनकपुरधाम उप–महानगरपालिका २४ का विन्देश्वर यादव भन्छन्–‘वेवसाइटमा गएर विस्तृत जानकारी लिने कृषक कतिको छ ? विदेश गएकाहरुमा शिप छैन्, पढाइ लेखाई गरेका छन् अनि यहाँका किसानकालागि वेवसाइटमा गएर विस्तृत जानकारी लिन भन्नु भनेको आफ्ना आसेपासे र कार्यकर्ता पाल्नकालागि नेता र कर्मचारीको मिलिमतो रहेको स्पष्ट हुन्छ ।’
त्यस्तै धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया बस्ने विकरु यादव भन्छन्–‘यस सूचना बारेमा आफूहरुलाई केही जानकारी छैन् । त्यति पढेलेखेका नरहेका कारण त्यो सव मलाई थाहा छैन् ।’
धनौजीका एक कृषकले भने–‘युट्युवमा गएर कृषि ज्ञान केन्द्र धनुषाले जारी गरेको सूचना हेर्छु अनि यस बिषयमा केही भन्न सक्छु । अहिले सम्म युट्युवमा हेर्न सकेको छैन् ।’
आम जनताको बुझाई र आम जनतालाई सरकारी कार्यालयले दिएको सेवा कही कतै मेल नखाए पनि कृषि ज्ञान केन्द्रले जारी गरेको सूचना पुरा पुर भ्रामक रहेको छ । कृषि ज्ञान केन्द्र धनुषाले जारी गरेको सूचनाको आधारमा पेश गर्नु पर्ने आवश्यक कागजातहरुमा भनिएको छ–‘रु १० को हुलाक टिक टास भएको अनुसुचि २ र ३ बमोजिमको आवेदन फारम ।’ आम कृषकलाई अनुसूचि २ र ३ को बारेमा जानकारी नै छैन् अनि दलाल र विचौलिया त्यो फारम भर्नकालागि आम कृषकवाट पैसा असुल गर्ने स्पष्ट हुन्छ ।’
त्यस्तै आवेदनकको नागरिकता प्रमाणपत्र प्रतिलिपी, स्थानीय तह कृषि विकाश शाखा वा वडा कार्यालयको सिफारिस । वुन्दा नम्वर ४ मा भनिएको कम्तिमा दुई (२) विघा जग्गाधनीपूर्जाको स्पष्ट प्रतिलिपि । यहाँ कृषि ज्ञान केन्द्रले प्रति किसान दुई विघा कि दुई चार कृषक मिलार दुई विघा स्पष्ट गर्न नसकेका कारण कस्ले यो सेवा लिन पाउँछ भने स्पष्ट नरहेको धनौजीका एक कर्मचारीले भने–‘सूचना स्पष्ट छैन् हामीले पनि बुझ्न सकेका छैनौ ।’
कृषि ज्ञान केन्द्र धनुषाले जारीको सूचना मालपोत तिरेको रसिदको प्रतिलिपी, जन ागर्ने कित्ताको प्रमाणित नक्सा सर कलस्टरमा सिँचाई गर्ने उपभोक्ताको हकमा सम्वन्धीत जग्गाधनी र निवेदनक आफैले प्रमाणित गरेको जग्गाधनी पूर्जाको प्रतिलिपि सहित अनुसूचि ३ बमोजिमको फारम ।
जनकपुरधाम–२० का विकास साह भन्छन्–‘सरकारले राहत दिएको हो कि किसानलाई सजाय बुझ्न नसकिएको अवस्था हो । यि कागजात पुर्याउन कम्तिमा एक महिना लग्छ र एक महिना पछि बोर्डिङ्ग लिएर नै के गर्ने ।’
आम जनतालाई राहत दिने ठाउँमा दिइएको सास्तीले हामीहरु थप मर्माहित भएको स्थानीय किसानहरु बताउँछन् ।




