भूमि विधेयकको विरोधमा आँखामा कालोपट्टी, सरकारलाई ज्ञापनपत्र



जनकपुरधाम, साउन १३ । चुरे तथा वनजंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले आँखामा कालोपट्टी बाँधेर प्रतिनिधिसभामा छलफलको क्रममा रहेको भूमि विधेयकको विरोध गरेका छन ।

विगत लामो समयदेखि चुरे तथा वनजंगल संरक्षण सहितका मागहरु लिएर आवाज उठाउँदै आएका यादव आँखामा कालो पट्टीबाँधेर नगर परिक्रमा गर्दै प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएका हुन ।

आँखामा पट्टी बाँधेर यादव जनकपुरधामको जनक चोक, भानु चोक, मिल्स एरिया हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रदेश सरकारका उपसचिव बासुदेव मल्ललाई सात बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

संसदमा पेश भएको भुमिव्यवस्था ऐन तत्काल फिर्ता हुनु पर्ने माग गर्दै यादवले विधेयक पारित भए प्राकृतिक श्रोत माथि भू–माफियाको बर्चस्व बढेर सरकारी वन क्षेत्र समाप्त हुने दावी गरेका छन ।

चुरे दोहनले मधेश मरुभूमि बन्दै गएको भन्दै उनले ऐन पारित भए चुरे दोहन झन बढने खतरा रहेको उनको दावी छ ।
त्यसै गरि यादवले बुझाएको ज्ञापनपत्रमा खानेपानीको व्यवस्था अन्तर्गत अल्पकालीन, मध्यकालीन र दिर्घकालिन योजना, कार्यक्रम र बजेट सुनिश्चितता गरि कार्यन्वयनको लागि घोषणा गर्न, मधेश प्रदेशलाई सुख्खाखडेरी र जल संकटग्रस्त क्षेत्र सरकारले घोषणा गरे पनि किसानको लागि तत्कालीन राहत र क्षतिपूर्तिको घोषणा गरि रकम उपलब्ध गराउनु पर्ने लगायतका मागहरु उल्लेख रहेको छ ।

प्रकाशित मिति: २०८२ श्रावण १३, मंगलवार १७:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको