जनकपुरधाम, साउन १३ । मधेश टुडे अनलाइनले हिजो प्रकाशन गरेको समाचार प्रति जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले ध्यानाकर्षण जनाएका छन् ।
हिजो मधेश टुडे अनलाइनमा प्रकाशित डिप बोर्डिङ्गकोलागि २ विघा जग्गा शिर्षकको समाचार प्रति डा. राउतले आज सहमति जनाउँदै लालपूर्जाको प्रावधान हटाउन सुझाव दिएका छन् ।
उनले सो प्रावधानका कारण सामान्य किसान योजनाबाट वञ्चित हुने अवस्था सिर्जना भएको भन्दै संघीय सरकारको ध्यानाकर्षण गराएका छन् । डा. राउतले आफ्नै सचिवालयमार्फत सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, “कृषि मन्त्रालयका मन्त्रीज्यू, सचिवज्यू, मातहतका कार्यालय प्रमुखज्यूहरू, कृषि ज्ञान केन्द्रका प्रमुखज्यूहरूः लालपुर्जा जम्मा गर्नुपर्ने अनावश्यक दुःख किन ?”
उनका अनुसार डिप बोरिङका लागि आवश्यक भनिएको लालपुर्जाको झन्झटिलो प्रक्रियाले योजना आएपछि पनि कार्यान्वयनमा समस्या देखिएको छ। मधेसका अधिकांश किसानसँग नागरिकताको प्रतिलिपि बुझाउन पनि हिच्किचाहट हुने गरेको उल्लेख गर्दै उनले भनेका छन्, “४०–४० बिघाको लालपुर्जा कहाँबाट ल्याउने? फेरि एक जनासँग मुस्किलले २–४ कट्ठा जमिन हुन्छ। त्यसो गर्दा त २००–४०० जना किसानबाट सहमति र समन्वय गरेर लालपुर्जा जम्मा गर्नुपर्छ, जुन व्यवहारतः असम्भव छ।”
उनले यस्तो प्रणालीले डिप बोरिङ जस्ता कृषि योजना ठूला जमिन्दारहरूका लागि मात्रै सुलभ बनाइदिएको आरोप लगाएका छन्। सामान्य किसान योजना उपयोग गर्नै नसक्ने अवस्थाले कृषि क्षेत्रको समावेशी विकासमा बाधा पुगिरहेको डा. राउतको तर्क छ।
उनले तत्काल उक्त प्रावधान हटाएर किसानमैत्री र व्यवहारिक प्रणाली ल्याउन सरकारलाई आग्रह गरेका छन्। कृषि ज्ञान केन्द्र धनुषाले चालु आर्थिक बर्षको स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत सिँचाई व्यवस्थापन प्रवद्र्धन सहयोग कार्यक्रम र नगरपालिका÷गाउँपालिका÷ वडामा तोकिएको सिँचाई व्यवस्थापन सम्वन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले सो कार्यक्रम सञ्चालन गर्न ईच्छुक कृषकहरुलाई विभिन्न कागजात सहित निवेदन दिन भनिएको छ ।
कृषि ज्ञान केन्द्रले विस्तृत जानकारीकालागि आफ्नो वेवसाइटमा गएर जानकारी लिन समेत भनेको छ । कृषि ज्ञान केन्द्रको सूचनाको चौतर्फी विरोध भई रहेको छ । वेवसाइटमा गएर विस्तृत जानकारी लिन सक्ने मधेशका कृषक कतिको छ भनि सर्वसाधारणले प्रश्न समेत तेर्साई रहेका छन् ।
आम जनताको बुझाई र आम जनतालाई सरकारी कार्यालयले दिएको सेवा कही कतै मेल नखाए पनि कृषि ज्ञान केन्द्रले जारी गरेको सूचना पुरा पुर भ्रामक रहेको छ । कृषि ज्ञान केन्द्र धनुषाले जारी गरेको सूचनाको आधारमा पेश गर्नु पर्ने आवश्यक कागजातहरुमा भनिएको छ–‘रु १० को हुलाक टिक टास भएको अनुसुचि २ र ३ बमोजिमको आवेदन फारम ।’ आम कृषकलाई अनुसूचि २ र ३ को बारेमा जानकारी नै छैन् अनि दलाल र विचौलिया त्यो फारम भर्नकालागि आम कृषकवाट पैसा असुल गर्ने स्पष्ट हुन्छ ।’
त्यस्तै आवेदनकको नागरिकता प्रमाणपत्र प्रतिलिपी, स्थानीय तह कृषि विकाश शाखा वा वडा कार्यालयको सिफारिस । वुन्दा नम्वर ४ मा भनिएको कम्तिमा दुई (२) विघा जग्गाधनीपूर्जाको स्पष्ट प्रतिलिपि । यहाँ कृषि ज्ञान केन्द्रले प्रति किसान दुई विघा कि दुई चार कृषक मिलार दुई विघा स्पष्ट गर्न नसकेका कारण कस्ले यो सेवा लिन पाउँछ भने स्पष्ट नरहेको धनौजीका एक कर्मचारीले भने–‘सूचना स्पष्ट छैन् हामीले पनि बुझ्न सकेका छैनौ ।’
कृषि ज्ञान केन्द्र धनुषाले जारीको सूचना मालपोत तिरेको रसिदको प्रतिलिपी, जन ागर्ने कित्ताको प्रमाणित नक्सा सर कलस्टरमा सिँचाई गर्ने उपभोक्ताको हकमा सम्वन्धीत जग्गाधनी र निवेदनक आफैले प्रमाणित गरेको जग्गाधनी पूर्जाको प्रतिलिपि सहित अनुसूचि ३ बमोजिमको फारम ।




