जनकपुरधाम, साउन १३ । हज समितिको अध्यक्षमा सिरहाका मोख्तार अहमद नियुक्त भएका छन ।
गृहमन्त्री रमेश लेखकले मन्त्रिस्तरीय निर्णय बाट सिराहा जिल्लाको कल्याणपुर नगरपालिका–१२ का मोख्तार अहमदलाई नेपाल हज समितिको अध्यक्ष पदमा नियुक्त गरेका छन् ।
मंगलबार मन्त्रिस्तरको निर्णयबाट सिराहका मोख्तारलाई अध्यक्ष नियुक्त गरिएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालय अन्र्तगत रहने हज समितिको सदस्यहरुको नियुक्त प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।




