धारिलो हतियारको प्रहारबाट वृद्धको हत्या

पूर्व–पश्चिम राजमार्ग एक घण्टा अवरुद्ध


श्याम कुमार ठाकुर

सिरहा, असार १४ । सिरहाको धनगढीमाई नगरपालिका–११ आमचौकमा ७५ वर्षीय फनिलाल यादवको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। यादवमाथि राति सुतिरहेको अवस्थामा अज्ञात समूहले टाउकोमा धारिलो हतियारले प्रहार गरेको परिवारजनले बताएका छन्।

घटनापछि आक्रोशित स्थानीयवासीले दोषीको खोजी र कारबाहीको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए। एक घण्टासम्म सवारी आवागमन ठप्प भएको थियो। प्रहरी र स्थानीय प्रशासनको प्रयासपछि प्रदर्शनकारीहरूले सडक खुलाएका छन्।

प्रहरीले घटनाको अनुसन्धान थालिएको जनाएको छ भने हत्याराको खोजी तीव्र पारिएको छ।

प्रकाशित मिति: २०८२ श्रावण १४, बुधवार १४:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको