१ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं, साउन १४ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ९४ हजार ४ सयमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलाको १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । आज चाँदी २ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति: २०८२ श्रावण १४, बुधवार १२:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको