नाउपाको आज राष्ट्रिय भेला बस्दै



काठमाडौं, साउन १५ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को आज राष्ट्रिय भेला बस्दैछ । नयाँ बानेश्वरमा बस्ने भेलाले पार्टीको अध्यक्ष तोक्दैछ ।

बुधबार बसेको बैठकले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेपछि नयाँ अध्यक्ष तोक्न लागेको हो । श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको नाउपाले जनाएको छ ।

पोखराको लिचीबारी जग्गा प्रकरणमा मुछिएकी श्रेष्ठलाई डगौरा नेतृत्वको अनुशासन समितिले २४ घन्टे स्पष्टीकरण सोधेको थियो । उनले स्पष्टीकरण नदिइ वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी थिइन् ।

उनी भेलामासमेत अनुपस्थित भएपछि बुधबार अनुशासन समितिको बैठकले उनलाई अध्यक्षबाट हटाएको हो ।
नाउपाले नयाँ केन्द्रीय कार्यसमिति चयनको तयारी गरेपनि निर्वाचन आयोगमा अद्यावधिक भएको छैन ।

प्रकाशित मिति: २०८२ श्रावण १५, बिहीबार ०८:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको