काठमाडौँ, साउन १५ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा सदस्य दीपक बोहोराको निधनपछि रिक्त भएको रुपन्देही–३ उपनिर्वाचिनको लागि उम्मेदवार सिफारिस गर्न सम्बन्धित कमिटीलाई परिपत्र गरेको छ ।
पार्टी महासचिव शङ्कर पोखरेलले आगामी भदौ १५ गतेभित्र एक महिलासहित तीन जना उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई केन्द्रीय कार्यालयमा सिफारिस गर्न परिपत्र गर्नु भएको हो ।
उम्मेदवार सिफारिस गर्नुअघि निर्वाचन क्षेत्र समन्वय कमिटीले जिल्ला र प्रदेश कमिटीसँग पनि राय लिन आग्रह गरिएको छ ।




