काठमाडौं, साउन १८ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले विदेशिएका नेपाली विद्यार्थीहरुलाई स्वदेश फर्किन आग्रह गरेकी छिन् ।
विदेश जान चाहने विद्यार्थीलाई रोक्न नसकिएपनि क्षमता विकास गरेर स्वदेश फर्किन आग्रह गरेकी हुन् ।
महाराजगंज नर्सिङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले आइतबार आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री राणाले ६२८ उत्तिर्ण भएका नर्सहरुमध्ये ५०५ विदेश गएको भन्दै उनले क्षमता विकास गरेर स्वदेश फर्किन आग्रह गरेकीहुन् ।
महाराजगंज नर्सिङ क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) हालसम्मप्राप्त गर्न नसकेको सुन्दा अचम्म लागेको पनि उनले बताइन् ।
‘अझै पनि यो क्याम्पसले क्युएए प्राप्त नगरेको भन्ने सुन्दा अचम्म लागेको छ । यस विषयमा आज क्याविनेटमा राख्नेछु । यो क्याम्पसले आज सम्म कुनैपनि क्वालिटीन पुगेको भन्ने मलाई लाग्दैन । कुनै पनि आफ्नो पर्सनल रिसिभी, राजनीतिक प्रतिशोधको कारण यत्रो क्याम्पसले क्युएएन पाउनु राम्रो कुरा होइन । कि त कारण भन्न सक्नुपर्यो कि त कारण दिनसक्नु पर्यो ।’
यसैगरीमन्त्री डा. राणाले वर्तमान स्वास्थ्य सेवा प्रणालीमा सुधार ल्याउनकालागि यस्तो संवेदनशील सेवामा समर्पित नर्सहरूलाई प्रोत्साहन, सेवाको सुरक्षा, समयानुकुल तालिम र प्राविधिक संशोधन उपलब्ध गराउनु पर्नेमा जोड दिइन् ।
मन्त्री डा राणाले भनिन्, ‘नर्सहरूको भूमिकालाई स्वास्थ्य सेवकका रुपमामात्र सीमित नराखी एक प्रशिक्षित स्वास्थ्य अभियन्ताका रुपमा विकास गर्नुपर्दछ । नेपालमा समावेशी, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रणालीका लागि नर्सहरुको यो भूमिकाआवश्यक छ ।’
उनले नेपालमा सेफ मदरहुड नेटवर्क मार्फत् मातृ तथाशिशु स्वास्थ्यका क्षेत्रमाआफूले विगतदेखि गर्दै आएको अभियानको स्मरण गर्दै अहिले भने नेपालमामातृ स्वास्थ्यका क्षेत्रमा धेरै सुधार भएको र त्यसमाथपप्रगतिकालागिनर्सिङ पेशालाई समयानुकुल सुविधासम्पन्नबनाई विकास गर्दै लैजानुपर्नेमा जोड दिइन् ।
नेपाली नर्सहरु विदेश गइरहेको वर्तमानअवस्थाप्रतिउनले भनिन्, ‘यहाँहरुले राम्रो अवसर पाएरै विदेश गइरहनुभएको होला, त्यसमा म केहीभन्दिन । तर पनिविदेशमा रहँदात्यहाँको ज्ञान र सीप बटुलेर स्वदेश फर्किनुहोला । यो देशमायहाँहरुको सख्त खाँचो छ ।’




