हवाई फायर गरेर लागुऔषध सहित दुई जना नियन्त्रणमा



राजविराज, साउन १८ । प्रहरीलाई देख्नासाथ मोटरसाईकल लिएर भाग्ने प्रयास गर्दा हवाई फायर गरी २ जनालाई लागु औषधसहित पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरुमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीविरपुरका २९ वर्षिय बिशाल राय र डाक्नेश्वरी नगरपालिका–७ मझौराका ३९ वर्षिय मनोज राय छन ।



आईतवार विहान ११ः३० बजेतीर गोप्य सुचनाका आधारमा पुगेको लागु औषध नियन्त्रण ब्युरो काठमाडांै तथा जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोलीले उनीहरुलाई राजविराज–छिन्नमस्ता सडकखण्डबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १ सय ७७ ग्राम प्रतिबन्धित लागु औषध खैरो हेरोइन तथा २ थान मोबाईल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए ।

पूर्वसूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरु चढेको स.८प. ८२२५ नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्न थालेपछी भाग्न खोज्दा २ राउण्ड हवाई फायर समेत गरी नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

पक्राउ परेका दुबै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति: २०८२ श्रावण १८, आईतवार २०:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको