पर्यटनको विकासका लागि समानता र न्याय जरुरी छ : तपेन्द्र रावल



सन्तोषी रावल
नर्वेमा लामो समय बसेर आफ्नो मातृभूमिमा केही सकारात्मक परिवर्तन ( पर्यटनको विकासका लागि) गर्ने उद्देश्यका साथ फर्किएका पर्यटन व्यवसायी तपेन्द्र रावल हाल नेपालमा पर्यटन क्षेत्रको सुधार र प्रवद्र्धनमा सक्रिय छन्।

नवलसिंह रावल फाउन्डेशनका अध्यक्ष समेत रहेका रावलले विशेषतः समग्रं नेपालको पर्यटन विकास तथा ऐतिहासिक न्यायका सवालमा निरन्तर आवाज उठाउँदै आएका छन् । रावलले नेतृत्व गरिरहेको एउटा महत्वपूर्ण अभियानहो – बलदेव शाह(बाँकावीर) लाई नेपालको पहिलो सहिद घोषणा गर्ने ।

बाँका वीरका बारेमा ऐतिहासिकआधार प्रस्तुतगर्दै उनले भने,‘नेपालकाप्रथम सहिदभनेर लखनथापा चिनिन्छन् जसको हत्या तत्कालीन राणा सरकारले १९३३ सालमागरेको थियो। त्योभन्दाकरिब २८ वर्ष अघि १९०६ सालमै बलदेव शाहलाई राणा सरकारले मारेको थियो। तर सुदूरपश्चिम राजधानीबाट टाढा परेकाले राणा शासन विरुद्ध लड्ने बाँकाविरको योगदानलाई बेवास्ता गरियो ।’

सरकारले गरेको यस ऐतिहासिकअन्यायलाई सच्याउने र बाँकाविरलाई चिनाउने प्रयास स्वरुपफाउन्डेसनले कैलालीको मोहन्यालगाउँपालिका७, स्थीतबाँकाभन्ने स्थानमाबलदेव शाहको शालिक स्थापना गरेको छ। साथैसूदूरपश्चिमप्रदेश सरकारले समेत बाँकाविरलाई नेपालको पहिलो सहिद घोषणा गर्ने निर्णय गरी संघीय सरकारलाई प्रस्ताव पठाइसकेकोउनले बताए ।

समान हवाई भाडादर हुनुपर्ने माग

रावलले नेपालमाविदेशी र नेपाली पर्यटकबीच समानहवाई भाडादर हुनुपर्ने माग राख्दै आएका छन् ।नेपाली र विदेशी पर्यटक बिच भएको हवाई भाडादरको विभेदप्रतिउनले कडा रुपमाआपत्तिजनाउँदैत्यसका विरुद्ध सर्वोच्च अदालतमा रिट समेत दायर गरेका छन् । सर्वोच्चले उक्त रिटमा आजै बहस गर्न लागेको उनले बताए ।

‘एउटै जहाजमा नेपाली सँगैको सिटमाबसेकाविदेशीले धेरै भाडा तिर्नुपर्ने अवस्थाउचितहोइन। यो विभेदले विदेशी पर्यटकलाई काठमाडौं, पोखरा र चितवन जस्ता सीमित क्षेत्रमै सीमित राखेको छ। नेपालमा घुम्नयोग्यथुप्रै स्थान छन्, तर अत्याधिक भाडादरका कारणविदेशी पर्यटकहरु सूदूरपश्चिमलगायतका पर्यटकीयगन्तव्यमापुग्न सकेका छैनन् ।’

सरकारले हवाई भाडादरको असमानता हटाएर पर्यटनमैत्रीनीतिअवलम्बन गर्नुपर्ने रावलको माग छ। यसले मात्र नेपालको वास्तविक पर्यटन सम्पदामाविदेशीको पहुँच र चाासो बढ्न सक्छ। यस विषयमानवलसिंह रावल फाउन्डेसनले निरन्तर आवाज उठाउँदै आएको बताउँदै उनले नेपालमाविदेशीलाई सहज र सरल तरिकाले घुम्न सक्ने वातावरण बनाउनुपर्ने उनको भनाइछ ।

सुदूरपश्चिमको पर्यटन प्रवद्र्धन गर्न विभिन्न भाषाका गीतलाई माध्यम बनाएँ

सुदूरपश्चिमकोकैलालीमाजन्मिएका रावलले आफ्नो क्षेत्रको प्राकृतिक सौन्दर्य, भाषा, संस्कृतितथाभौतिक संरचनालाई प्रवद्र्धन गर्न विभिन्नभाषाकागीत–संगीतलाई पनिमाध्यमबनाएका छन्।

स्थानीय संस्कृतिलाई उजागर गर्दै उनले नेपाली, अछामी, थारु, हिन्दी, अंग्रेजी, र चीनीयाँभाषमा समेत विभिन्नगीतहरू तयार पारेर पर्यटन आकर्षणमा सहयोग पुर्याइरहेका छन्। सुदुरपश्चिममाभएको सौन्दर्य प्राकृतिकतथात्यहाँबोलिने भाषाभौतिक संरचनाआदिलाई गीतमार्फत सुनाउँदै र भिडियोमार्फत देखाउदै त्यहाँको पर्यटनमा आर्षण गरिरहेको कुरा पनिउनले जानकारी गराए । ‘पर्यटन विकासकालागिभौतिक संरचनामात्रहोइन, सांस्कृतिकपक्षको जगेर्ना र प्रवद्र्धन पनिउत्तिकै आवश्यक छ,’उनले भने ।

पर्यटन क्षेत्रको बजेट वृद्धि गर्न माग

रावलले नेपाल सरकारसँग पर्यटन क्षेत्रलाई अझप्राथमिकतामा राख्दै उचित बजेट विनियोजन गर्न पनिमागराखेका छन् ।
‘पर्यटकीय क्षेत्र भनेको केवलचितवनवापोखरा मात्रैहोइन,’उनले भने,‘सूदूरपश्चिम सहितनेपालका हरेक क्षेत्रमाअनगिन्ती रमणीय स्थलहरू छन्, जसमा राज्यको ध्यानपुग्न सकेको छैन। यदि भाडादर समानबनाइयो भने र सहजीकरण गरियो भने ती ठाउँमा विदेशी पर्यटक पुग्न सहजहुनेछ।’

रावलको सोच र अभियानहरू नेपालको पर्यटन क्षेत्रमान्याय, समानता र समावेशिताको पक्षमा केन्द्रित छन्। ऐतिहासिकअन्याय सच्याउने प्रयासदेखि लिएर पर्यटनमा विदेशी–नेपालीबीचको समानव्यवहार, सुदूरपश्चिमको विकासमा सांस्कृतिक योगदान, तथानीतिनिर्माणमा सकारात्मकदबाबयी सबैले नेपालको पर्यटन भविष्यलाई थप समावेशी र सक्षमबनाउने दिशामा टेवापुर्याउँछ।आफुले उठाएका सवालहरुलाई पुरा नहुन्जेल सम्म लडिरहने प्रतिवद्धता रावलले जनाएका छन् ।( कुराकानीमा आधारित)

प्रकाशित मिति: २०८२ श्रावण १९, सोमवार १६:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको