राजविराज, साउन २० । जनता समाजवादी पार्टी नेपाल सप्तरीको अध्यक्ष पदमा केदार प्रसाद यादव निर्वाचित भएका छन् । उनी लगातार दोश्रो पटक उक्त पदको जिम्मेवारी सम्हाल्ने अवसर पाएका हुन् ।
एकताको प्रथम जिल्ला अधिवेशनमा सहमतिको प्रयास विफल भएपछी निर्वाचनबाटै नयाँ कार्यसमिति चयन भएको हो ।
अघिल्लो दिन भएको निर्वाचनको रातभर चलेको मतगणना पश्चात् मंगलबार बिहान परिणाम घोषणा गरिएको हो ।
जसअनुसार केदार प्यानलको उपाध्यक्षतर्फ लक्ष्मण यादव, उपसचिवतर्फ रिता कुमारी चौधरी र रामेश्वर कडोरीया यादव र कोषाध्यक्ष अमरेन्द्र कुमार यादव निर्वाचित भएका छन् ।
अध्यक्ष पदका अर्का उम्मेदवार उमेश प्रसाद यादव प्यानलबाट उपाध्यक्षमा हरेराम यादव र सचिवमा निरज कुमार झा निर्वाचित भएका छन् ।
५० सदस्य पदका लागि भएको निर्वाचनको मतगणना भने जारि नै रहेको बुधबार बिहानसम्म मात्र नतिजा आउने निर्वाचन समितिका संयोजक कृष्णलाल यादवले जानकारी दिए । अध्यक्ष पदमा केदार प्रसाद यादवले २ सय ३५ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी उमेश प्रसाद यादवलाई २ सय ५ मत मात्र ल्याउन सके ।
यसैगरी उपाध्यक्षमा लक्ष्मण यादब २ सय ३५ मत र हरेराम यादब २ सय २६ मत प्राप्त गरि निर्वाचित भएका छन् । यस्तै सचिवमा निरज कुमार झाले २ सय ३१ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी शम्भु कुमार यादबले २ सय ३० मत प्राप्त गरि एक मतको झिनो अन्तरले पराजित भए ।
यसैगरी उपसचिव रिता कुमारी चौधरीले २ सय ३४ र रामेश्वर कौगडिया यादबले २ सय ३५ मत प्राप्त गरि बिजयी भएका छन् । कोषाध्यक्ष अमरेन्द्र कुमार यादबले २ सय ३५ मत प्राप्त गरी बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी अभिनय याादबले २ सय १० मत प्राप्त गरे ।






