बिहारको जनता अब परिवर्तन चाहन्छ : प्रशान्त किशोर



एजेन्सी, साउन २० । जन सुराज अभियानका संस्थापक तथा रणनीतिकार प्रशान्त किशोरले बिहारको जनता अब परिवर्तन चाहेको बताएका छन ।

क्यामूर जिल्लाको चैनपुर विधानसभा क्षेत्रमा आयोजित एक जनसभामा बोल्दै उनले नीतीश कुमार, लालु प्रसाद यादव र राज्य सरकारका नीतिहरूलाई सशक्त ढंगले चुनौती दिदै बिहारको जनता अब परिवर्तन चाहेको बताए ।

किशोरले जनताको मनोविज्ञानको संकेत गर्दै भने, “जनता अब परिवर्तनको मनस्थितिमा पुगेको छ।” उनका अनुसार वर्तमान सरकार जनताबाट डराएको छ, त्यसैले नीतीश कुमारले बिदाइको तयारी स्वरूप अन्तिम घडीमा ’डोमिसाइल नीति’, पेंशन वृद्धि, मानदेय वृद्धि जस्ता निर्णयहरू गरिरहेका छन् ।

प्रशान्त किशोरले भने, “हामी त पहिले नै भन्दैं आएका थियौं— जनता जब परिवर्तनको निर्णय गर्छ, तब काम आपैm अगाडि बढ्छ। लालु–नीतीशको विकल्प खोजिए मात्र बेरोजगारी, गरिबी हट्छ । पलायन रोक्न सकिन्छ ।”

उनको दाबी छ कि विगत २० वर्षमा राज्यमा कुनै दृष्टिकोणयुक्त शासन चल्न सकेन। विकासका नाममा राजनीति मात्र भयो, जसको असर आम जनताले झेलेका छन्।

विपक्षी नेता तेजस्वी यादवको दुई भोटर आईडी भएको विवादमा बोल्दै किशोरले भने, “तेजस्वी यादवसँग दुईवटा वा चारवटा भोटर आईडी भए पनि त्यो निर्वाचन आयोग र उनीबीचको विषय हो। यो मुद्दामा जनताको कुनै सरोकार छैन।” उनले यस विषयलाई ‘ध्यान मोड्ने प्रयास’को रूपमा व्याख्या गरे।

प्रशान्त किशोरले जनसभामा जोड दिँदै भने कि बिहार परिवर्तनको मोडमा प्रवेश गरिसकेको छ। “अबको चुनाव केवल सरकार बदल्ने होइन, भविष्यको दिशा तय गर्ने छ।”

उनले युवाहरुलाई सक्रिय रुपमा राजनीतिमा संलग्न हुन आह्वान गरे र जन सुराज अभियानलाई समृद्ध बिहारको वैकल्पिक ढोका भनी प्रस्तुत गरे।

प्रशान्त किशोरको यो अभिव्यक्तिले राज्यको राजनीतिक सरगर्मी बढाएको छ। लालु–नीतीश गठबन्धनमाथि उनले उठाएका प्रश्नहरूले चुनावी बहसलाई अझ चर्को बनाउने देखिन्छ।

प्रकाशित मिति: २०८२ श्रावण २०, मंगलवार ०७:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको