बहुविवाह सम्बन्धी कानुनबारे सरकारले संसदमा धारणा पेश गर्नुपर्छः हितराजपाण्डे



काठमाडौं, साउन २१ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीकेन्द्रका सांसद हितराज पाण्डेले बहुविवाह सम्बन्धी कानुन ल्याउनेबारे सरकारको धारणा संसदमा जानकारी गराउन माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा नियमावली२०७९ को दफा २५७ महिला समन्वय समितिको व्यवस्था भएता पनि आज सम्म कार्यान्वयन नभएको भन्दै तत्काल कार्यान्वयन गर्न समेत माग गरे ।

उनले भने,‘हाम्रो प्रतिनिधिसभा नियमावली२०७९ को दफा २५७ मा महिला समन्वय समितिको व्यवस्था छ । हाम्रो यो सभाको कार्यकाल आधा भैसक्दा पनि सदनमा तथा कार्यव्यवस्था परमर्श समितिमा बार –बार समिति बनाउन माग गर्दा पनि अझै यो नियमावली कार्यान्वयन भएको छैन् ।

महिलालाई प्रत्येक्ष असर गर्ने बहुविवाह सम्बन्धी , डिम्ब संकलन जस्ता सामाजिक सञ्जालका खबरले समाजमा तरंग सृजना गरि रहेको अवस्थामा महिला समन्वय समितिको गठनको नियमावली व्यवस्थाको कार्यान्वयनको लागि माग गर्दछु । बहुविवाह सम्बन्धि कानुन ल्याउनेबारे सरकारको धारणा के हो त्यो पनि संसदमा जानकारी गराउनु पर्यो ।

प्रकाशित मिति: २०८२ श्रावण २१, बुधवार १५:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको