नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ आज देखि



काठमाडौं, साउन २१ । काठमाडौंको भृकुटिमण्डपमा आज ‘ नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आज बिहान ९ बजे एक्स्पोको भव्य उद्घाटन गरेका छन । ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहेको यस एक्स्पोमा ३५ नयाँ मोडल (१५ दुईपांग्रे, १५ चारपांग्रे, ५ कमर्सियल) सार्वजनिक हुँन लागेको नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) ले जनाएको छ ।

यो एक्स्पोमा विद्युतीय, इन्धनचालित र हाइब्रिड सवारीसाधनको प्रदर्शनी हुनेछ तर पार्टपुर्जा भने राखिने छैन । ७० देखि ८० हजार मान्छेले एक्स्पोको भ्रमण गर्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: २०८२ श्रावण २१, बुधवार ११:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको