निर्दोष मारिएको भन्दै आफन्त र स्थानीयद्वारा प्रर्दशन

लालु प्रसाद यादव मृत्यु प्रकरण


मनोज माझी
सप्तरी, साउन २१ । प्रहरीको गोली प्रहारबाट लालु प्रसाद यादवको मृत्यु भएको प्रकरणमा निर्दोष मारिएको भन्दै मृतका आफन्त तथा स्थानीयले बुधवार विहानैदेखी सदरमुकाम राजविराजमा विरोध प्रदर्शन गरेको छ । उनिहरुले राजविराजको मुख्य चौक, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी टायर बालेर विरोध प्रर्दशन गरेका हुन ।

प्रर्दशनकारीले छापा मार्ने बहानामा बैध मालसमान (मदिरा) लाई अवैध भनी प्रहरीले नियन्त्रणमा लिन खोजेपछी आपत्ती जनाउँदा अचानक निर्दोष ब्यक्तीमाथी गोली प्रहार गरी हत्या गरिएको दाबी गर्दै घट्नाको सत्यतथ्य छानवीन गर्नू पर्ने माग गरेका छन ।

उनीहरुले माग सम्बोधन नभए सम्म पोस्टमार्टमका लागी स्थानीय गजेन्द्रनारायण सिह अस्पतालमा राखिएको यादवको शव नबुझ्ने अडान लिएका छन । तस्करी नियन्त्रणका लागी भारतीयसीमा संग जोडिएको नेपाली बजार क्षेत्रमा अहिले प्रहरीले हतियारसहित टोली खटाउने गरेको छ । सोही टोली मध्येका एउटा टोलीले तस्करीको मदिरा पक्रिन थाल्दा सो घट्ना भएको प्रहरी उपरिक्षक गौतम कुमार केसीको भनाइछ ।

यता उद्योग बाणिज्य संघ सप्तरीले उक्त घटनाको बिरोध गर्दै सत्यतथ्य छानबिन र दोषीमाथी कारवाहीको माग गर्दै बुधबार नै प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् ।

उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष लालुप्रसाद अग्रवालको नेतृत्वमा बुझाइएको ज्ञापन पत्रमा मृतक मदिरा व्यवसायी रहेको तथा उनको गोदाममा राखिएको बैध सरसामानलाई प्रहरीले बल प्रयोग गरि जबरजस्ती लान खोजेको उल्लेख छ । सबै बिल, बिजक र प्रमाण हुँदा हुँदै प्रहरीले गोदाममा राखिएका मदिराहरु जरबजस्ति लान खोज्दा आपत्ति जनाउने क्रममा प्रहरीबाट अचानक गोली चलाइएको ज्ञापन पत्रमा उल्लेख गर्दै घटनाको उचित छानबिन गरि दोषिमाथी कडा कारवाहीको माग गरिएको छ ।

यसैबीच राजगढ गाउँपालिकाका रानीतिक दलहरुको एक भेलाले बुधबार लालुको हत्याको विरोधमा विभिन्न मागहरु राख्दै संघर्ष समिति गठन गरेका छन् ।

नेपाली काँग्रेसका राजगढ गाउँपालिका सभापति दिपेन्द्र कुमार यादवको संयोजकत्वमा त्यहाँका सबै दलका प्रतिनित्व हुने गरी सर्वदलिय संघर्ष समिति गठन गरिएको हो ।

राजगढ घट्नाको निष्पक्ष छानविन, जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी निरीक्षक विरेन्द्र कुमार यादव र घट्ना संलग्न दोषी प्रहरीलाई निलम्बन सहितको कारबाही, मृतक लालुलाई शहिद घोषणासहितको क्षतिपुर्ती दिनुपर्ने र राजगढका जनताको शान्ति सुरक्षाको माग अघि सारिएको संघर्ष समितिले जनाएको छ ।

भारतीय सीमा नजिक पर्ने सप्तरीको राजगढ गाउँपालिका २ कमलपुरमा तस्करी नियन्त्रणका क्रममा अवरोध उत्पन्न भएपछी प्रहरीले गोली चलाउँदा ३७ वर्षीय लालु प्रसाद यादवको मृत्यु भएको हो ।

मृतक यादव सो पालिका स्थित श्री खुवलाल जगन्नाथ शक्ती आधारभुत विद्यालय व्यवस्थापन समितीका अध्यक्ष समेत थिए ।

यता प्रहरीका अनुसार मंगलवार राती ११ बजेतीर भारततर्फ मदिरा तस्करी भइरहेको गोप्य सुचनाका आधारमा पुगेका प्रहरी टोलीलाई तस्करी हुन लागेको मदिरा नियन्त्रणमा लिन खोज्दा अवरोध, ढुंगामुढा र प्रहरी टोलीमाथी नै आक्रमणको प्रयास हुन थालेपछी आत्मरक्षाका लागी गोली चलाइएको हो ।

“शुरुमा ३ राउण्ड हवाई फायर गर्दा पनि तस्कर टोली पछी न हटेर तस्करीका समान लिन न दिई आक्रमणमा उत्रेपछी चलाइएको चौथौ गोली यादवको तिघ्रामा लागेको थियो । प्रहरी नायब उपरीक्षक जीतेन्द्र कुमार वस्नेतले भने–तस्करको आक्रमणबाट प्रहरी सहायक हबल्दार सिकेन्द्र थारु पनि घाईते भएपछी बाध्य भएर आत्मरक्षाका लागी लोली चलाउनु परेको हो ।

तिघ्रामा गोली लागेका यादवको स्थानीय गजेन्द्रनारायण सिह अस्पताल पु¥याउँदा उपचार कै क्रममा मृत्यु भएको उनको कथन छ । उनले भारततर्फ तस्करी गर्न तयारी अवस्थामा राखिएका ८० कार्टून विभिन्न ब्राण्डका मदिरा समेत नियन्त्रणमा लिइएको जानकारी दिए ।

भारततर्फ तस्करी प्रयोजनका लागी राखिएको मदिरा हामीले जफत गरेर लैजान्छौ भन्दा पनी न मानेको र प्रहरीलाई घेरामा हालेर अवरोध मात्र नगरी तस्करबाट आक्रमण हुन थालेपछि गोली चलाउने अवस्था सिर्जना भएको उनको दाबी छ ।

केही स्थानीयले भने हवाई फायरबाट पनि स्थिती नियन्त्रण लिन सक्ने अवस्था रहदा रहदै प्रहरीले फायर खोलेको दाबी गर्दैै घट्नाको सत्यतथ्य छानवीन गर्नू पर्ने माग गरेका छन ।

प्रकाशित मिति: २०८२ श्रावण २१, बुधवार १७:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको