गाजामा ठुलो कदम चाल्दै इजरायल

नेतान्याहूले सुरक्षा क्याबिनेट बैठक बोलाएपछि हमासको तनाव बढ्यो


एजेन्सी
तेल अवीव, साउन २२ । इजरायलले गाजामा ठुलो कदम चाल्ने संकेत गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हालै वरिष्ठ मन्त्रीहरूसँग गाजा क्षेत्रमा थप सैन्य नियन्त्रणको योजना बारे छलफल गर्न सुरक्षा क्याबिनेट बैठक बोलाएका छन्। यसले फिलिस्तीनी आतंकी संगठन हमासबीच चिन्ता थपिएको छ ।

गत साता नेतान्याहू र सेनाका प्रमुख इयाल जमीरबीच करिब तीन घण्टा लामो छलफल भएको थियो, जुन इजरायली सञ्चारमाध्यमहरूले “तनावपूर्ण“ भएको बताएका छन् । सेना प्रमुखले गाजा अभियान विस्तारको कडा विरोध गर्दै थप सैन्य नियन्त्रणले बंधकहरूको सुरक्षामा जोखिम बढ्ने बताएका छन ्।

इजरायलमा हालैका सर्वेक्षणहरू अनुसार अधिकांश नागरिकले गाजामा समझौताको माध्यमबाट युद्ध अन्त्य होस् र बाँकी बंधकहरूलाई रिहा गरियोस् भन्ने चाहना राखेका छन् । तर नेतान्याहूको सरकार भने “हमासमाथि पूर्ण विजय“ नभएसम्म अभियान रोकिने छैन भन्ने अडानमा अडिग देखिन्छ।

एक बंधककी आमाले एक्स (पूर्व ट्विटर) मा लेख्दै नेतान्याहूको कडा आलोचना गरेकी छन्। उनले भनिन्, “जो व्यापक समझौताको कुरा गर्छ, ऊ गाजामा कब्जा गर्न जाँदैन र आफ्ना बंधक तथा सैनिकलाई जोखिममा राख्दैन।” उनले आम नागरिकहरूलाई सडकमा उत्रेर सैन्य अभियान विस्तारको विरोध गर्न आह्वान गरेकी छन्।

यो युद्ध अक्टोबर २०२३ मा हमासद्वारा इजरायलमाथिको आक्रमण पछि सुरु भएको हो। त्यसपछि इस्राइलले गाजामाथि लगातार हवाई तथा स्थल आक्रमण गर्दै आएको छ। अहिले गाजाका केही क्षेत्रहरूमा सेनाको नियन्त्रण भए पनि अझ धेरै क्षेत्रहरूमा नियन्त्रणको योजनाले पुनः एकपटक तनाव चुलिएको छ।

बंधक प्रतिनिधि मञ्चले पनि सेनाका प्रमुख जमीरलाई युद्ध विस्तारको विरोध गर्न अनुरोध गर्दै सरकारसँग बंधक मुक्तिका लागि समझौता स्वीकार गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: २०८२ श्रावण २३, शुक्रवार ०८:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको