जुम्लाबाट सुर्खेत हिडेको फोर्स गाडी दुर्घटना, सात जना घाइते



जुम्ला, साउन २३ । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा सात जना घाईते भएका छन् । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको खाँडाचक्र–१० गोलुवा भन्ने स्थानमा शुक्रबार विहान दुर्घटना हुँदा सातजना यात्रु घाइते भएका हुन् ।

बा.१ झ ०९७६ नम्बरको फोर्स गाडी अनियन्त्रित भइ करिब एक सय मिटर तल खसेको हो । दुर्घटनामा पाँचजना गम्भीर र दुईजना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनास्थल कालिकोटमा भएकाले त्यहाँको प्रहरी कार्यालयबाट जानकारी प्राप्त भएको हो । अहिले कालिकोटबाट प्रहरीको टोली घटना स्थलतर्फ पठाइएको छ । घाइतेहरूको विस्तृत विवरण आउन बाँकी छ ।

 

 

प्रकाशित मिति: २०८२ श्रावण २३, शुक्रबार १५:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको