एजेन्सी
पटना, साउन २८। नयाँ राजनीतिक यात्राको शुरुवात गरेका राष्ट्रिय जनता दल (राजद) का सुप्रीमो लालु प्रसाद यादवका जेठा छोरा तेजप्रताप यादवले आफनो पार्टीमा दर्जनौ नेता गराएका छन । मङ्गलबार पटना स्थित आफ्नो सरकारी निवासमा आयोजन गरेको मिलन समारोहमा विभिन्न क्षेत्र र वर्गका नेताहरू तथा कार्यकर्ताहरूले तेजप्रतापसँग हातेमालो गरेका छन्।
यस अवसरमा समाजसेवी जयप्रकाश यादव (गान्धी यादव) ले सयौं समर्थकसहित तेजप्रतापको नयाँ राजनीतिक समूहमा प्रवेश गर्ने घोषणा गरे । तेजप्रतापले उक्त अवसरमा जहानाबाद–घोषी विधानसभा क्षेत्रबाट गान्धी यादवलाई चुनाव लडाउने घोषणा गर्दै, अझ धेरै नेता र कार्यकर्ता हाम्रो टिममा सामेल हुन तयार रहेको बताए ।
तेजस्वी यादव र कांग्रेस नेता राहुल गान्धीद्वारा सुरु गर्न लागिएको ‘भोट अधिकार यात्रा’बारे सोधिएको प्रश्नमा तेजप्रतापले व्यंग्य गर्दै भने, “राहुल र तेजस्वी जी जानुन् के गर्नेछन्।” यस अभिव्यक्तिले राजदभित्र दुई ध्रुवीय स्थिति बन्दै गएको संकेत दिएको छ—एकतर्फ तेजस्वी यादव, अर्कोतर्फ तेजप्रताप यादव।
राजदबाट निष्कासित भएपछि तेजप्रताप यादवले आफ्नै पार्टी गठनको दिशा लिँदै पहिलो औपचारिक कदम चालेका छन्। यसले राजदभित्रको आन्तरिक राजनीतिमा हलचल मच्चाएको छ। स्रोतका अनुसार, तेजप्रतापको टोलीमा प्रवेश गर्ने नेताहरू विभिन्न जातीय र राजनीतिक समीकरणका प्रतिनिधि छन्, जसले आगामी प्रदेश चुनावमा नयाँ मोर्चा बनाउने तयारी गरेका छन्।
यो घटनाक्रमले स्पष्ट देखाएको छ कि बिहारको राजनीति अब नयाँ समीकरणतर्फ मोडिँदैछ। तेजप्रतापको पार्टीको विस्तार र सम्भावित राजनीतिक मोर्चाले राजदभित्र मात्र होइन, राज्यको समग्र राजनीतिक वातावरणमा पनि नयाँ प्रश्न खडा गरेको छ। विश्लेषकहरूका अनुसार, तेजप्रतापले यदि आफ्नो संगठनलाई मजबुत बनाउन सके भने, उनी आगामी चुनावमा सशक्त चुनौतीका रूपमा उदाउन सक्छन्।




