सुनचाँदीको मूल्य बढ्यो



काठमाडौं ,साउन २९। नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ ।  बुधबार तोलामा २ हजार ३ सय २५ रुपैयाँमा कारोवार भएको चाँदी आज १५ रुपैयाँले बढेर २३ सय ४० रुपैयाँमा कारोवार भैइरहेको छ ।

 

प्रकाशित मिति: २०८२ श्रावण २९, बिहिवार ११:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको