मनोहराको सुकुम्बासी बस्ती मा महानगरले चलायो डोजर



काठमाडौं,साउन ३० । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मनोहरामा रहेको सुकुम्बासी बस्ती मा डोजर चलाएको छ ।

शुक्रबार नगरप्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले मनोहराको सुकुम्बासी बस्ती मा पुगेर अवैध रुपमा बनेका घर, टहरा र संरचनाहरु भत्काएको हो ।

बस्तीमा डोजर चलेपछि नगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि सुकुम्बासीहरुले ढुंगामुढा प्रहार समेत गरेका थिए ।

काठमाडौं र  भक्तपुरको सीमाना पर्ने मनोहरा खोला किनारको सुकुम्बासी बस्ती मा अवैध रुपमा नयाँ घरहरुमा बनाइएको थियो ।

व्यक्तिको जग्गामा बनेको संरचना हटाउन ७ दिनको समय दिएको थियो । व्यक्तिको जग्गामा नयाँ  संरचना बनेपछि महानगरले डोजर चलाएको हो ।

 

प्रकाशित मिति: २०८२ श्रावण ३०, शुक्रवार १५:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको