सुनचाँदीको मूल्य घट्यो



काठमाडौं, भदौ १ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेकोहो ।

प्रतितोला शुत्रबार १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको सुन आज १ लाख ९५ हजार ५ सय रुपैयाँले कारोबार भैरहेको छ ।

यस्तै चाँदीको मूल्य पनिआज घटेको छ ।शुक्रबार २३ सय १५ रुपैयाँमा कारोवार भएको चाँदी आज ५ रुपैयाँले घटेर २३ सय १० रुपैँयामा कारोबार भएको हो ।

प्रकाशित मिति: २०८२ भाद्र १, आइतवार १३:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको