भारतका विदेश सचिव विक्रम मिश्री आज नेपाल आउँदै



काठमाडौं, भदौ १ । भारतका विदेश सचिव विक्रम मिश्री आज नेपाल आउँदैछन् ।

विदेश सचिव मिश्री नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी गराएको हो । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।

मन्त्रालयका अनुसार उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणको तयारीका सन्दर्भमा विदेश सचिव मिश्री नेपाल आउन लागेको बताइएको छ ।

प्रकाशित मिति: २०८२ भाद्र १, आइतवार ०७:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको