नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फि अवरुद्ध



काठमाडौं, भदौ १ । सुक्खा पहिरोको कारण चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फि अवरुद्ध भएको छ ।
आइतबार बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा माथिबाट चट्टानसहित पहिरो खसेको कारण मुग्लिन सडकखण्ड दुईतर्फि अवरुद्ध भएको हो ।

पहिरोमा परेर एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनाले जानकारी दिए ।

उनको अनुसार मुग्लिङतर्फ जाँदै गर्दा बागमती प्रदेश ०६–००३ प ३८१६ नं. को स्कुटरमा माथिबाट खसेको ढुङ्गाले लाग्दा कुटरमा सवार चितवन रत्ननगर न।पा।३ बस्ने सन्दीप रिजाल घाइते भएका हुन् ।

अहिले जेसिभीको प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।

 

प्रकाशित मिति: २०८२ भाद्र १, आइतवार ०७:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको