भियतनामले पाँच वर्षे भिसा छूट कार्ड जारी गर्दै, अन्तर्राष्ट्रिय प्रतिभा आकर्षित गर्ने तयारी



एजेन्सी, भदौ १ । भियतनामले उच्चस्तरीय अन्तर्राष्ट्रिय प्रतिभालाई आकर्षित गर्न विशेष पाँच वर्षे भिसा छूट कार्ड ल्याउने घोषणा गरेको छ । यो योजना अगष्ट १५ देखि कार्यान्वयनमा आउनेछ ।

यसअन्तर्गत छनोट भएका विदेशी नागरिकले पाँच वर्षसम्म बारम्बार भियतनाम प्रवेश गर्न सक्नेछन्, र हरेक पटक नयाँ भिसा लिनुपर्ने आवश्यकता हुने छैन।

भियतनाम ब्रीफिङमार्फत सार्वजनिक गरिएको यो नीति देशको सामाजिक–आर्थिक विकासलाई गति दिन, नवप्रवर्तन तथा लगानीलाई प्रोत्साहन गर्न र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी तथा खुला अर्थतन्त्रको रुपमा प्रस्तुत हुन डिजाइन गरिएको हो। यो कदम हालै पारित गरिएको अन्तर्राष्ट्रिय वित्तीय केन्द्र (आइएफसी) नीतिसँग पनि प्रत्यक्ष रूपमा जोडिएको छ।

कसले आवेदन दिन सक्छन् ?

यो कार्यक्रम विशेष रूपमा प्रभावशाली अन्तर्राष्ट्रिय व्यक्तित्वका लागि लक्षित छ। आवेदन दिन सक्ने पात्रहरूमा विदेशी सरकार, संसद, अन्तर्राष्ट्रिय संगठन र न्यायिक निकायका वरिष्ठ अधिकारी सामेल छन ।

त्यसै गरि प्रतिष्ठित वैज्ञानिक, प्राध्यापक, अनुसन्धानकर्ता, विश्वप्रसिद्ध कम्पनीका सीईओ तथा शीर्ष कार्यकारी, विशेष गरी सांस्कृतिक प्रभाव वा ब्रान्ड मान्यता भएका व्यक्ति , लगानीकर्ता, उद्यमी तथा उच्चस्तरीय व्यवसायी , संस्कृति, शिक्षा वा अर्थशास्त्रका क्षेत्रमा वैश्विक प्रभाव भएका व्यक्तित्वहरु भिषा प्रक्रियामा सामेल हुन पाउने भियतनाम सरकारले जनाएको छ।

भिषा प्राप्त गर्नका लागि आवेदकसँग वैध राहदानी हुनुका साथै भियतनामको कुनै आधिकारिक संस्था वा निकायबाट सिफारिस पाउनुपर्नेछ । उनीहरूको उपस्थितिले भियतनामको विकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्नुपर्छ।

भिसा छूट कार्ड पाउने व्यक्तिले पाँच वर्षको अवधिमा बारम्बार प्रवेश गर्ने सुविधा, भौतिक वा डिजिटल दुवै किसिमका कार्ड, समान कानूनी मान्यता , तीव्र र सहज प्रवेश प्रक्रिया, बारम्बार यात्रा गर्नेका लागि उपयुक्त व्यवस्था प्राप्त गर्ने छन ।
भौतिक कार्डमा नाम, राहदानी नम्बर, बायोमेट्रिक जानकारी आदि चिपमार्फत सुरक्षित राखिने।

भियतनाममै बसिरहेका विदेशी नागरिकलाई भने यो कार्ड राष्ट्रिय आप्रवासन डाटाबेसमा बायोमेट्रिक विवरण समावेश भएपछि वा लेवल–२ ई–आईडी खाता प्राप्त गरेपछि उपलब्ध गराइनेछ।

प्रकाशनले जनाएअनुसार, यो पहल भियतनामको आप्रवासन र व्यवसाय नीतिलाई आधुनिक बनाउन महत्वपूर्ण कदम हो। विश्वका शीर्ष नेतृत्व, अनुसन्धानकर्ता र लगानीकर्तालाई सजिलै भियतनाममा काम गर्ने वातावरण सिर्जना गरेर देशले आफूलाई अन्तर्राष्ट्रिय स्तरमा वैश्विक प्रतिभा केन्द्रको रुपमा स्थापित गर्ने लक्ष्य लिएको छ।

अधिकारीहरुको विश्वास छ, यस नीतिबाट देशको अर्थतन्त्र सुदृढ हुनुका साथै अनुसन्धान, संस्कृति र व्यवसायका क्षेत्रमा अमूल्य अवसर सिर्जना हुनेछन्। यसले भियतनामलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिभा आकर्षण गर्ने प्रमुख गन्तव्यको रुपमा थप सबल बनाउनेछ।

 

प्रकाशित मिति: २०८२ भाद्र १, आइतवार ०७:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको