तीनवटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं, भदौ २ । संघीय संसद्अन्तर्गत सोमबार तीनवटा संसदीय समितिको बैठक बस्दैछ । प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गत गरी तीनवटा समितिको बैठक बस्न लागेको हो ।

जसमा बिहान ११ः०० बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरिने कार्यसूची रहेको छ ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गरिने संसद् सचिवालयले जनाएको छ ।

यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ बजे बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गरिने कार्यसूची छ ।

प्रकाशित मिति: २०८२ भाद्र २, सोमवार ०९:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको