कर्णाली प्रतिष्ठानसँग सहमति, मृतक योगीको शव आफन्तले बुझे



मुगु,भादौ ३ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मृतक डिकेशनाथ योगीका आफन्तबीच सहमति भएपछि मंगलबार योगीको शव अन्त्येष्टिका लागि आफन्तले बुझेका छन् ।

उपचारमा लापरबाहीका कारण डिकेशनाथ योगीको मृत्यु भएको भन्दै आफन्तले विरोध जनाउँदै शव बुझ्न अस्वीकार गरेका थिए ।

तर, सोमबार भएको सहमति अनुसार मंगलबार शव बुझेर अन्त्येष्टि गर्ने सहमति भएको मृतकका आफन्त बद्रिनाथ योगीले जानकारी दिए ।

यसैबीच, घटनाबारे छानबिन गर्न गठित समिति सक्रिय रहेको छ। समितिले प्रतिष्ठानभित्रका बेथिति र अनियमितताबारे अध्ययन गरी आवश्यक कारबाहीका लागि सिफारिस गर्ने जनाएको छ ।

प्रकाशित मिति: २०८२ भाद्र ३, मंगलवार १३:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको