काठमाडौँ,भमदौ ३ ।प्रधानमन्त्रीकेपीशर्मा ओलीले सूचनाको हकसहित सबै मौलिकहकहरुको कार्यान्वयनगर्दै परिपूर्ण लोकतन्त्र स्थापनाकालागि सरकार प्रयासरत रहेको बताएका छन् ।
मंगलबार राष्ट्रिय सूचनाआयोगद्वारा आजआयोजित १९ औँ राष्ट्रिय सूचनादिवसलाईसम्बोधनगर्दै प्रधानमन्त्रीओलीले हरेक नागरिकले आवश्यकपाउनुपर्ने तर कानुनले गोप्य राख्नुपर्ने वा सरोकार नै नभएकाविषयमा सूचनाथुपार्नका लागिमाग्ने अभ्यासको अर्थ आफूले नबुझेको टिप्पणी गरे ।
“हामीले लामो संघर्ष गरेर लोकतन्त्रल्याएको हो ।स्वतन्त्रतार सूचनाको हकका जस्ता हककालागि म आफै जेलनेल लडेर आएको हो ।संविधानमाहामीले जानीबुझीकनमौलिकहकहरुको व्यवस्था गरेकाले त्यसको कार्यान्वयनगर्नुपर्छ भन्नेमाअहिलेको सरकार स्पष्ट छ । हामी सबै फराकिलो, स्वतन्त्र र अनुशासित समाज चाहान्छौँ । परिपूर्ण लोकतन्त्रहाम्रो माध्यमहो, जसभित्र सूचनाको हकसहित सबै हक समावेश गरिएको हुन्छ ।”, प्रधानमन्त्रीओलीले भन्नुभयो, “यहाँमतलवै नभएको विषयमा पेसेवार सूचनाको हकमाग्नेहरु छन् ।व्यक्तिकागोपनीयता र अनुसन्धानकाक्रममा रहेकाविषयमापनि सूचना पाउनुपर्छ भनेर ढिपी गर्नेहरु छन् ।
समाज र राज्यमाकतिपयविषयगोप्य नरहने भन्ने हुँदैन । हामीले सपथ ग्रहण गर्दा आवश्यककामपर्दा बाहेक प्रकट वाव्यक्तगर्नेछैनभन्ने सपथलिइएको हुन्छौँ । त्यसकारण हामी सबै आफ्नो अनुशासन र मर्यादामा रहँदै मौलिकहकको कार्यान्वयनमा लाग्नुपर्छ ।”
प्रधानमन्त्रीओलीले सरकार र सूचनाआयोगबीचकुनै अधिकारको लडाइ र तानातान नरहेको बताउँदै मौलिकहकको कार्यान्वयनकाक्रममादेखिएका समस्यालाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।उनले सामाजिक सञ्जाललाई दर्ता र करको नियमनमाल्याउने र समाजलाई व्यवस्थित गर्नुपर्नेमा सरकार स्पष्ट रहेको पनिबताएका छन् ।
कार्यक्रममा सूचनाको हककाअभियन्ता, उत्कृष्ठ सूचनाअधिकारी, पत्रकार, कर्मचारीलगायतलाई पुरस्कृत गरिएको थियो ।




