उपसभामुख लाई हटाउने उद्देश्यले सांसदहरूको हस्ताक्षर संकलन गरिएको होइन : सांसद भट्टराई



काठमाडौं,भादौ ३ । नेकपाएमालेका सचिव योगेश भट्टराईले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने उद्देश्यले सांसदहरूको हस्ताक्षर संकलन नगरिएको स्पष्ट पारेका छन् ।

मंगलबार संसदीयदलको कार्यालय बाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमाउनले कांग्रेस र एमालेले एकैदिन सांसदको हस्ताक्षर लिनु सल्लाहनभएर संयोग भएको समेत जानकारी दिए ।

उनले भने,‘कांग्रेस र हाम्रो सल्लाहभएर यो एकैदिन हस्ताक्षर भएको होईन् । संयोगले एकैदिन परेको मात्रै होला । हस्ताक्षर विभिन्नकाममाप्रयोग हुन्छन् । कुनै कामविशेषलाई भनेर हस्ताक्षर लिइएको होईन् । यो कामको लागिभनेर किटानी गरेर हस्ताक्षर गरेको छैन् ।’
त्यस्तै उनले नेपालमामात्रै होइन, संसदीयअभ्यास भएका देशहरूमाजहाँपनि सांसदहरुको हस्ताक्षर लिने प्रचलन रहेको बताउँदै सांसदहरूको हस्ताक्षर लिनुलाई सामान्य रूपमालिनुपर्ने धारणा राखे ।

उनले भने,‘यो अहिले मात्रै होइन२०४८ सालदेखि चलिआएको चलनहो। यो नेपालमामात्रै होइनहाम्रो जस्तो संसदीयअभ्यास भएका देशहरूमाजहाँपनि चल्छ। दलले पार्टीका सांसदहरूको हस्ताक्षर लिइराखेको हुन्छ। कुनै बेलाअपर्झट प्रस्तावहरू दर्ता गर्नुपर्ने हुनसक्छ। त्यो बेलाकोहीविदेश या काठमाडौं बाहिर हुन्छन् । त्यसैले पूर्वतयारिका लागि हस्ताक्षर लिन्छौँ।’

 

प्रकाशित मिति: २०८२ भाद्र ३, मंगलवार १४:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको