आज दुई वटा समितिको बैठक बस्दै



काठमाडौं, भदौ ३ । प्रतिनिधि सभा अन्र्तगत आज दुई वटा समितिको बैठक बस्ने भएको छ । मंगलबार अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागिएको हो ।

आज बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक दिउँसो ३ बजे समितिको बैठक कक्षमा बस्ने तय भएको छ ।

यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोश्रो संशोधन) विधेयक २०८१ को दफावार छलफल गर्ने कार्यसूची रहेको छ । बैठक दिनको १ बजे बस्ने तय भएको छ ।

प्रकाशित मिति: २०८२ भाद्र ३, मंगलवार ०९:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको