आज पनि घट्यो सुनचाँदी को मूल्य



 

काठमाडौं ,भादौ ४। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ हजार ६ सय रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला १ लाख ९५ हजार १ सय रुपैँयाले कारोबार भइरहेको सुन आज १ लाख ९३ हजार ५ सयमा रुपैयाँमा कारोबार भइरेको छ ।

यस्तै चाँदीको मूल्य पनि आज घटेको छ  । मंगलबार २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको चाँदी आज घटेर २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

 

 

 

 

 

प्रकाशित मिति: २०८२ भाद्र ४, बुधवार १२:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको