कोशी, गण्डकी र मधेश प्रदेशको केही स्थानमा भारी बर्षाको सम्भावना



काठमाडौं, भदौ ४ । कोशी, गण्डकी र मधेश प्रदेशको केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेका हुनाले नेपालमा मनसुन केही कमजोर रहेको छ ।

जसका कारण धेरै स्थानमा वर्षाको सम्भावना कम छ तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने जारी रहेको छ ।

विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लागायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र तराई भू–भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ विभागले जनाएको छ ।

विभागका अनुसार आज राती मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका तराई र पहाडी भू–भागमा थोरै र बाँकी भू–भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा भारी बर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: २०८२ भाद्र ४, बुधवार ०७:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको