जसपा नेपालका नेताहरु मध्यराती रिहा, आन्दोलन जारी रहने



जनकपुरधाम, भदौ ४ । मशाल जुलुस प्रदर्शनको क्रममा काठमाडौंको बबर महल बाट पक्राउ परेका जसपा नेपालका नेताहरु मध्यराति रिहा भएको छ ।

राजनीतिक प्रतिशोध साध्न राज्य पक्षले अध्यक्ष उपेन्द्र यादवलाई गौर घटनामा फँसाउन खोजेको भन्दै मशाल जुलुस प्रदर्शन गरि रहेको क्रममा प्रहरीले उनिहरुलाई पक्राउ गरेको थियो ।

जसपाका केन्द्रीय प्रवक्ता समेत रहेका मधेश प्रदेशका सांसद मनिष सुमन, किरण साह र लुम्बिनी प्रदेश सासंद अम्बिका दाहाल, जसपा नेपालको केन्द्रीय सदस्य डा. बबी सिंह, रेणुराज सिंह, शशिकपुर मियाँ, दिनेश यादव, युवा नेता ओम यादव मनिष, मनिष कुमार यादव, बलिराम कापर सहित १८ पक्राउ परेका थिए ।

नयाँ बानेश्वर प्रहरी वृतमा राखिएको नेताहरुलाई मध्यराति रिहा गरेको जसपा नेपालले जनाएको छ ।

पक्राउ परेका नेताहरु रिहा भएपनि आन्दोलन जारी रहने जसपा नेपाल मधेश प्रदेशका अध्यक्ष बालकिशोर यादवले जनाएका छन ।
उनले नश्लवादी सरकारले आफनो रबैया परिवर्तन नगरे सम्म आन्दोलन निरन्तर जारी रहने बताएका छन ।

गौर घटनाको छानविन गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेपछि आक्रोशित जसपा नेपालका नेता कार्यकर्ताहरु सोमवार यता निरन्तर प्रदर्शन गर्दै आएको छ।

प्रकाशित मिति: २०८२ भाद्र ४, बुधवार ०८:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको