परमादेश विरुद्ध मुमुगापामा प्रदर्शन



जनकपुरधाम, भदौ ४ । सर्वोच्च अदालतले गौर घटनाको अनुसन्धानकालागि दिएको परमादेश विरुद्ध धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालले विरोध प्रदर्शन गरेको छ ।

जसपा नेपालका नगर अध्यक्ष छोटे यादवको नेतृत्वमा निकालिएको जुलुसमा सयौ जना सहभागी भएका थिए । मुखियापट्टि मुसहनिया गाउँपालिकाको तुलसियाही बजारमा टायर बालेर प्रदर्शन गरिएको थियो ।

प्रदर्शन पछि आयोजित कोण सभामा जसपा नेपालका केन्द्रीय सदस्य सदस्य जितेन्द्र यादवले मधेश विरोधी केपी ओली नेतृत्वको सरकार विरुद्ध हामीले विगतमा गरेका आन्दोलन भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले मधेशीलाई रैथाने नबुझ्न चेतावनी दिँदै परमादेश सर्वोच्चले नभई केपी ओलीको इसारामा भएको आरोप लगाएका थिए ।

कार्यक्रममा मुखियापट्टि मुसहनिया गाउँ पालिकाका अध्यक्ष जयकुमार यादवले परमादेश विरुद्ध मुखियापट्टि मुसहरनिया गाउँपालिका एक भएर प्रतिकार गर्ने चेतावनी दिए । उनले पार्टीले सिँहदरवार घेर्ने कार्यक्रम राख्यो भने मुखियापट्टि मुसहनिया गाउँपालिकावाट हजारौको संख्यामा गएर सिंह दरवार घेर्ने चेतावनी दिए ।

मधेशी जनताको टाउको र छातिमा ताकि ताकि गोली हान्ने केपी ओली फेरि मधेशीको रगत पिउन उद्धत रहेको टिप्पणी गर्दै मेयर यादवले भूमि सम्वन्धी अध्यादेशमा सहमति दिए गौर घटना ठिक नदिए बेठिक बुझ्नेलाई मधेशी जनता आगामी निर्वाचनमा तह लगाउने बताएका थिए ।

प्रकाशित मिति: २०८२ भाद्र ४, बुधवार २०:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको